पाकिस्तानको कराची सहरमा एक विमान दुर्घटना भएको छ ।
पाकिस्तानको एक ध्वजवाबाहक विमान शुक्रवार अपराह्न कराची एयरपोर्टमा ल्याण्ड गर्ने समयमा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पाकिस्तानमा एक साताअघि लक-डाउन खोलिएको थियो । लक-डाउन खोलेपछि हवाई सेवा पनि खुलेको थियो । विमानमा १ सय ७ व्यक्ति रहेको बताइएको छ ।
विमानमा ९९ जना यात्रु र ८ चालकदलका सदस्य थिए ।
ए – ३२०, पीके ८३०३ कलसाइन भएको उक्त विमान स्थानीय समयअनुसार शुक्रवार अपराह्न १ बजे लाहोरबाट कराँचीतर्फ उडेको थियो ।
लोकान्तर संवाददाता