२६ जेठ २०८३, मंगलबार

पाकिस्तानमा विमान दुर्घटना, क्षतिको विवरण आउन बाँकी (भिडियो)

जेठ ९, २०७७
पाकिस्तानमा विमान दुर्घटना, क्षतिको विवरण आउन बाँकी (भिडियो)

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको ए३२० विमान कराँचस्को जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक शुक्रवार दुर्घटनाग्रस्त भएको छ । 

पीआईएले प्रवक्ता अब्दुल्लाह हफीजका अनुसार, विमानमा ९० यात्रु र आठ कर्मचारी थिए । विमान लाहोरबाट कराँची पुगेको थियो । 

‘अहिले नै केही बताउनु हतार हुन्छ । हाम्रा कर्मचारीलाई आकस्मिक अवतरणको व्यवस्थापन गर्न तालिम दिइएकै छ । हामी यस घटनाको सूचना पारदर्शी रूपमा दिइरहनेछौं,’ उनले भने । 

घटनास्थलको तस्वीरहरूमा दुर्घटनास्थलबाट धूवाँ उडिरहेको देखिन्छ । 

विमान आवासीय क्षेत्रमा खसेको थियो । एम्बुलेन्स र उद्धार अधिकारीहरू स्थानीयको सहायताका लागि त्यहाँ पुगिसकेका छन् । 

डन डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्