×

NMB BANK
NIC ASIA

कोरोनाको भयावह रूप : एक सातामै संक्रमित दोब्बर

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 मुलुकमा कोरोना भाइरस रोगका संक्रमितको संख्या एक सातामा दोब्बर भएको छ । गत माघ ९ मा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो । त्यसयता शुक्रबार संक्रमण ४० जिल्लामा विस्तार भएको खुलेको छ । मृत्यु भएका तीन जनासहित मुलुकमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । एक साताअघि अघिल्लो शुक्रबार २ सय ५८ संक्रमित पुष्टि भएका थिए ।

Muktinath Bank

‘अहिले देशमा संक्रमण दोब्बर हुने समय सात दिन देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने, ‘संक्रमण दोब्बर हुने समय जति कम हुन्छ, रोग त्यति धेरै तीव्र गतिले फैलिरहेको बुझिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल विश्वमा नेपालको हाराहारी मंगोलिया र हैटीमा ६ दिन संक्रमण दोब्बर भएको देखिएका छन् । विश्वमै सबैभन्दा छोटो समयमा संक्रमण दोब्बर भएको कोमोरसमा हो । त्यहाँ दुई दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो ।


Advertisment
Nabil box
Kumari

संक्रमण कम फैलिनु मुख्य रूपमा दुईवटा कारण रहेको महतो आंैल्याउँछन् । ‘केस रिपोर्टिङ (संक्रमणको पहिचान) प्रारम्भिक अवस्थामा रहे थोरै तथ्यांक भएकाले संक्रमण दोब्बर हुने समय कम देखिन सक्छ,’ उनी भन्छन्, ‘अर्को कुरा यदि साँच्चै संक्रमणको फैलावट छिटो भइरहेको छ भने पनि दोब्बर हुने समय कम देखाउँछ ।’

Vianet communication
Laxmi Bank

छिमेकी मुलुकहरूमा संक्रमण दोब्बर हुने समयले नेपालभन्दा ढिला देखिएका छन् । हाल पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । संक्रमण दोब्बर हुने समय बढी रहेका मुलुकमा संक्रमणको दर कम भइरहेको बुझिने महतो बताउँछन् । चीनमा निकै ढिला संक्रमण दोब्बर भएको थियो । त्यहाँ १ सय १ दिनमा कोरोनाको संक्रमण दोब्बर भएको थियो । यस्तै बेलायतमा ३१ दिन, फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन, इटली र स्पेनमा ४९ दिन संक्रमण दोब्बर भएको थियो ।

कोरोना संक्रमणका शंकास्पद व्यक्ति धेरै भए पनि तीव्र गतिले यो फैलिन्छ । ‘शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय कम हुन्छ । शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय बढी हुन्छ,’ महतोको भनाइ छ । संक्रमण कति छिटो फैलिने भन्ने कुरा रोकथाम नियन्त्रण कसरी भइरहेको कामले निर्धारण गर्छ ।

दुई महिना लकडाउन भए पनि मानिसहरूको सक्रियता, ओहोरदोहोर उल्लेख्य रूपमा नियन्त्रित नहुनु, गुणस्तरीय क्वारेन्टाइनको समुचित उपयोगसमेत नभएकाले संक्रमणको भित्रभित्रै विस्तार भइरहेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । उनका अनुसार परीक्षणको दर बढ्दा संक्रमितहरू देखिन थालेपछि संक्रमण कुन हदसम्म फैलिन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

एक सातायता मुलुकमा पहिलेको दाँजोमा पीसीआर परीक्षणको दायरामा वृद्घि भएको छ । तीन दिनयता मुलुकमा १० हजार १ सय २० नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

‘जति मात्रामा जसरी पीसीआरलगायत परीक्षण हुनुपर्ने हो, त्यो अझै भएकै छैन,’ नारायणी अस्पतालका डा. निरज सिंह भन्छन्, ‘परीक्षणमा मुलुक सुहाउँदो विस्तार भए संक्रमितको संख्या झन् बढी हुन्छ । यसपछि वास्तविक संक्रमितको तथ्यांक अनुमान गर्न सकिन्छ । महामारीसम्बन्धी आकलन सही रूपमा गर्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयका पदाधिकारी पीसीआर विधिबाट परीक्षणको दर अपेक्षित रूपमा बढ्न नसकेको स्वीकार गर्छन् । ‘तर दिनमा करिब ३ हजार पीसीआर परीक्षण हुनु राम्रो भए पनि हालको अवस्थामा दिनहुँ दर झन् बढी गर्नैपर्छ,’ उनले भने ।

अझै पनि संक्रमितहरूको पर्याप्त कन्ट्याक्ट ट्रेसिङ नभएको चिकित्सकहरूको भनाइ छ । डा. सिंह मुलुकको आवश्यकताअनुसार दिनहुँ उल्लेख्य संख्यामा परीक्षण हुनुपर्ने बताउँछन् ।

संक्रमित ५०० नाघे, ७० निको भए

मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार ४० जिल्ला गरी थप ५९ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म संक्रमण पुष्टि भएकाहरूमा ४ सय ४० जना पुरुष र ७६ जना महिला छन् ।

शुक्रबार २१ जना डिस्चार्ज भएपछि हालसम्म अस्पतालबाट स्वस्थ भएर घर फर्किनेको संख्या ७० पुगेको छ । उनीहरू १७ देखि २० दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म प्रदेश १ बाट २६, प्रदेश २ बाट ६, वाग्मतीबाट ९, गण्डकीबाट २, प्रदेश ५ बाट २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएर घर फर्केका हुन् ।

मुलुकमा शुक्रबार पीसीआर विधिबाट ३ हजार ८ सय १९ शंकास्पद नमुनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पीसीआरबाट परीक्षण गरिएको हो । यस्तै द्रुत परीक्षण किट (आरडीटी) बाट शुक्रबार ३ हजार ४ सय २१ नमुनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट मुलुकमा गरिएको नमुना परीक्षणको संख्या ८२ हजार १ सय १६ पुगेको छ ।

हाल मुलुकका विभिन्न क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना छन् । प्रदेश १ मा १ हजार ४ सय १४, प्रदेश २ मा ५ हजार ९ सय ६, वाग्मतीमा ४ सय ७८, गण्डकीमा ६ सय ७८, प्रदेश ५ मा १५ हजार ९ सय ९९, कर्णालीमा ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ जना क्वारेन्टाइनमा छन् ।

यस्तै मुलुकका विभिन्न स्थानका उपचार केन्द्रको आइसोलेसनमा ४ सय ३३ जना छन् । प्रदेश १ मा ५८, प्रदेश २ मा १ सय ४५, वाग्मतीमा १८, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेका हुन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x