कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
बुटवलका २ जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थी ‘लकडाउन’मा पनि निकै व्यस्त थिए । विगत २ वर्षदेखि रोबोटको खोज अनुसन्धानमा जुटेका दाजुभाइलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार सहयोगी बन्नसक्ने ‘रोबोट नर्स’ बनाउने सोच आयो । दुवैले काम गर्दागर्दै नेपालमा पनि कोरोना संक्रमणको दर तीब्र हुँदै गयो ।
बन्दाबन्दीको समयमा दिनरात नभनी सपनामा देखेको सोच पूरा गरे । लगभग महिना दिनको अथक प्रयासबाट दाजुभाइले कोरोना संक्रमितलाई सामान पुर्याउने ‘रोबोट नर्स’ बनाएका छन् ।
लवले भने, ‘एक रात सपनामा अस्पतालमा काम गर्ने रोबोट देखेको थिए । त्यसलाई बिपनामा बनाउनुपर्छ भन्ने सोचका साथ काम गरेर १ महिनामा रोबोट बनाउने काम पूरा भयो ।’ कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउने उद्देश्यका साथ रोबोट निर्माण गरेको लवकुश बताउँछन् ।
नर्सको निर्देशनमा कोरोना संक्रमितलाई औषधि, खाना र अन्य सामग्री पुर्याउने काम रोबोटले गर्नसक्छ । जसले गर्दा स्वयं नर्स नै बिरामीसम्म जानु नपर्ने भएकाले चिकित्सकमा कोरोना संक्रमणको जोखिम कम हुन्छ ।
बिरामीको सेवा र स्याहार गर्ने रोबोट नर्सलाई नर्सका जस्तै पहिरन लगाइदिएर सजाइएको छ । अगाडि खाना, औषधि लगायत सामान राख्ने ठाउँ छ । रोबोटमा मेडिकल क्षेत्रका ‘फिचर्स’ प्रयोग गरिएको छ । कोरोनाका कारण स्वास्थ्यकर्मी समेत जोखिममा छन्, अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । रोबोट नर्सले स्वास्थ्यकर्मीको जोखिम कम गर्ने आकलन गरिएको छ ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा रोबोट नर्सको ‘डेमो’ समेत गरिएको छ । रोबोट नर्सलाई केही परिस्कृत गरेर धेरै संख्यामा निर्माण गरी बुटवलको कोरोना विशेष अस्पतालमा प्रयोगमा ल्याउनेबारे तयारी भइरहेको छ । त्यसका लागि दुवै दाजुभाइलाई सामाजिक विकास मन्त्रालयले बोलाएर छलफल समेत गरेको छ ।
दुवै दाजुभाइले बनाएको स्यानिटाइजर टनेल १ महिनाअघि मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रवेशद्वारमा जडान गरिएको थियो । रोबर्ट नर्सलाई पन्थी दाजुभाइले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । पन्थी दाजुभाइ रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा कलेजमा विज्ञान संकायमा ११ कक्षामा अध्ययनरत छन् ।
‘रोबोट नर्सलाई १ किलोमिटरसम्म एपमार्फत नियन्त्रण गर्न सकिन्छ । जसमा राउटर प्रयोग गरिएको छ । कोरोनाको भाइरस छिट्टै नष्ट हुने खालको सामग्री प्रयोग गरी रोबोट निर्माण गरिएको छ,’ कुशले भने ।
रोबोटले अस्पतालको आइसोलेसनमा रहेका बिरामीलाई आवश्यक खाना, औषधि, स्यानिटाइजर लगायतका वस्तु लैजान सक्छ । लव पन्थी भन्छन्, ‘त्यति मात्र होइन, रोबोटले बिरामीसँग कुराकानी गरेर मनोबल बढाउने, मनोरञ्जन प्रदान गर्ने र बिरामीको लागि सहज वातावरण पैदा गरिदिने काम पनि गर्छ ।’
४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, १२ एमपीको क्यामरा, अल्ट्रासाउन्ड स्पिकर जडान भएको छ । रोबोटमा लुकु (लवकुश) भर्जन–७ प्रयोग गरिएको रोबोटका आविष्कारक लवकुश बताउँछन् । रोर्बटमा जडित माइक्रोफोनले मानिसको आवाज सुन्न सक्ने र आवाजलाई सफ्टवेयरको माध्यमबाट बुझेर जवाफ समेत फर्काउनसक्ने उनले बताए । रोबोट निर्माणमा ७० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
कोरोना बिरामीको उपचार गर्नमा सहयोग गर्ने भएकाले रोबोटमा फलाम, फर्निचर जस्ता वस्तुको कम प्रयोग गरिएको र कपर, हार्ड प्लास्टिक, कार्डबोर्डलाई बढी प्रयोग गरिएको छ । ‘गो कोरोना रोबोट’मा ‘हाईस्पीड प्रोसेसर’ जडान गरिएको छ, यसले रोबोटलाई परिचालन र नियन्त्रणको काम गर्ने जनाइएको छ ।
रोबोटलाई ‘रिमोर्ट कन्ट्रोल’बाट प्रयोग गर्न सकिने भएपनि एउटै रिमोर्ट धेरैले प्रयोग गर्दा कोरोना संक्रमण हुने सक्ने भएकाले ‘गो कोरोना रोबोट’का लागि ‘एन्ड्रोयड एप’ बनाएको र त्यसैको माध्यमबाट रोबोटलाई चलाउन सकिने गरिएको छ । यसलाई आवश्यताका आधारमा परिमार्जित समेत गर्न सकिने छ ।
रोबोटसँगै जुम्ल्याहा दाजुभाइले ‘गो कोरोना कन्ट्रोल एन्ड्रोयड एप’ तयार गरेका छन् । एपलाई शुरूमा इन्टरनेट प्रोटोकल (आईपी) को माध्यमबाट रोबोटमा जोड्ने गरिन्छ । त्यसपछि मोबाइल एपबाट पठाएको डाटाबाट यसलाई नियन्त्रण गर्न सकिन्छ, यो प्रक्रियामा भने इन्टरनेटको प्रयोग हुँदैन ।
एपमा राखिएको स्क्रीनमा रोबोटले के काम गरिरहेको छ भनेर कन्ट्रोल रुमबाट देख्न सकिन्छ । रोबोटलाई दायाँ–बायाँ, अगाडि–पछाडि, रोक्ने र चलाउने सबै काम एपको माध्यमबाट गरिन्छ । कोरोना अस्पतालमा प्रयोग हुने भएपछि रोबोटमा कोरोना अंकित संकेत समेत छन् ।
सफ्टवेयर र एपबाहेक ७० हजार रुपैयाँ रोबोट निर्माण गर्दा खर्च लागेको पन्थी दाजुभाइले बताए । आउँदा दिनमा पनि सरकारबाट सहयोग भए अन्य विभिन्न उपकरण बनाउने दाजुभाइको भनाइ छ ।
मन्त्री बरालले लवकुशको कोरोना रोबोट बनाउने सोच नै समयसापेक्ष र नयाँ भएको बताउँदै यसको विकासले नर्सलाई काममा सघाउने विश्वास दिलाए । उनले भने, ‘लवकुश दाजुभाइको क्रियसन निकै लाभदायी लाग्यो, मन्त्रालयले उहाँहरूलाई हौसला दिएको छ, दिन्छ पनि । युवाहरूको नयाँ–नयाँ खोज र अनुसन्धानलाई मन्त्रालयले सधैं हौसला प्रदान गर्नेछ ।’
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...