कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गर्दा नेपालमा २०७६ माघ ९ गते पहिलो संक्रमित देखिएका थिए । चीनको वुहानबाट आएका जनकपुरका १ जनामा पहिलो संक्रमण देखिएको थियो ।
ती संक्रमितले काठमाडौंमा उपचार गराएर निको भए । त्यसपछि केही समय नेपालमा कोरोना संक्रमण देखिएन ।
नेपालमा दोस्रो कोरोना संक्रमण फ्रान्सबाट काठमाडौं आएकी मैतिदेवीकी १९ वर्षीया किशोरीमा देखियो । त्यसपछि धादिङका १ पुरुषमा कोरोना संक्रमित देखियो ।
ती सबै जना काठमाडौंको टेकु अस्पतालमा उपचारपछि घर फर्किए । यसबीच लगभग ४०–४५ दिन नेपालमा कोरोना संक्रमण देखिएन । त्यसपछि सुदूरपश्चिम प्रदेशमा ३ र २ जना गरी ५ जनामा कोरोना संक्रमण देखियो । ती पाँचै संक्रमित पनि निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो समय भने नेपालमा कोरोना संक्रमणका बिरामी ह्वात्तै बढेका छन् । हाल काठमाडौं उपत्यकामा २९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । ललितपुरको पाटन अस्पतालमा ११ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १५ जना, टेकु अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र ग्राण्डी अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।
उपत्यकामा उपचार गराउने धेरैजसो उपत्यका बाहिर स्थायी ठेगाना भइ काठमाडौंमा बस्ने तथा उपत्यका बाहिरका जिल्ला धादिङ, रामेछापबाट आएकाहरू रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका आसपासका जिल्लामा कोरोनाको उपचार गराउने अस्पताल काठमाडौंमा मात्र भएकाले पनि बिरामी काठमाडौं आउने गरेको सहप्रवक्ता डा. अधिकारीले बताए ।
उपत्यका बाहिरबाट धादिङका १ जना र रामेछापका १ जनामा कोरोनाको संक्रमण देखिएर उपचारका लागि काठमाडौं आएका छन् भने अन्य कोरोनाका बिरामी अधिकांश उपत्यका बाहिर स्थायी ठेगाना भएर काठमाडौंमा बस्नेहरू रहेका मन्त्रालयले जनाएको छ ।
उपत्यकाभित्र मैतीदेवीकी १ जना र सनसिटी अपार्टमेन्टका २ जनाबाहेक अन्य सबै उपत्यका बाहिर स्थायी ठेगाना भएका कोरोना संक्रमित बिरामी छन् ।
शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षीया बालिका पनि उपत्यका बाहिरबाट काठमाडौं आएकी हुन् । बुधवार कालिमाटी महानगरीय प्रहरी वृत्तका २ जनामा कोरोनाको पुष्टि भएका प्रहरी कर्मचारीको स्थायी ठेगाना पनि उपत्यका बाहिर नै रहेको मन्त्रालयले जनाएको छ ।
युवामा बढी संक्रमण
नेपालमा कोरोना संक्रमण युवामा बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेसम्मको तथ्यांक अनुसार संक्रमितमध्ये १८४ जना २१ वर्षदेखि ३० वर्षसम्मका युवा छन् भने ३१ देखि ४० वर्षसम्मका १२३ जना रहेका छन् । यो उमेर समूहका युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने जानकारहरू बताउँछन् ।
संक्रमितमध्ये ११ देखि २० वर्षका ९६ जना, ४१ देखि ५० वर्षका १९ जना, १० वर्षसम्मका बालबालिका १७ जना, ७१ देखि ८० वर्षका वृद्धवृद्धा ४ जना र ८० देखि माथिका वृद्ध १ जना रहेका छन् ।
५ नम्बर प्रदेश कोरोना संक्रमणको ‘हटस्पट’
पछिल्लो समयमा ५ नम्बर प्रदेश कोरोना संक्रमणको हटस्पटको रुपमा देखिएको छ । भारतमा रोजगारीका लागि गएका नेपाली भित्रिने संख्या धेरै भएकाले ५ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या धेरै देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एकै प्रदेशमा हालसम्म २३० जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा २२ जना डिस्चार्ज भएर घर फर्केका छन् भने २ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
संक्रमित बढी भएको दोस्रो प्रदेश २ नम्बर प्रदेश हो, जहाँ १५१ कोरोना संक्रमित छन् भने ६ जना निको भएर घर फर्केका छन् । बागमती प्रदेशमा २८ जनामा कोरोना संक्रमण देखिएको छ, जसमा ९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमण निकै कम देखिएको छ । हालसम्म कर्णलीमा १ जनामा कोरोना देखिएको छ । कर्णालीमा हालसम्म १० हजार ८८० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
कम संक्रमण देखिएको प्रदेश सुदूरपश्चिम पनि हो । शुरूमा देखिएका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रवार फेरि ५ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवारसम्म नेपालमा ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...