क्वारेन्टाइनले कोरोनाको जोखिम बढाएको भन्दै प्रदर्शन

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको निर्मित क्वारेटाइन व्यवस्थित नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । कोटहीमाई वडा नम्बर ६ बोगडी माविमा बनाइएको क्वारेन्टाइनले गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले शनिबार बिहान नाराजुलुस सहित प्रदर्शन गरेका हुन् ।

क्वारेन्टाइनमा बसेका मानिस र गाउँपालिकामा कार्यरत कर्मचारीको लापरवाही बिरुद्ध भन्दै गाउँका ४ सय बढी स्थानियले शनिवार बिहान गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव विरुद्ध नाराबाजी गरेका थिए ।


Advertisement

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बिद्यालयबाट क्वारेन्टाइन हटाउनुपर्ने माग राखेर आन्दोलनमा स्थानीय उत्रिएको आफूले जानकारी पाएको बताए । गाउँपालिकाले बोगडी माविमा शुक्रवार दुई सय बेडमा क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई राखेको छ ।

स्थानीय निशान्त पाण्डेले क्वारेन्टाइनमा बसेमा मानिसहरुले खेर गएको खाना प्लाष्टिकमा राखेर क्वारेन्टाइन बाहिर सडकमा फाल्न थाल्ने र गाउँका मानिसले त्यो फालेका खाना घरमा लगेर गाईबस्तुलाई खुवाउँदा संक्रमणको जोखिम बढेर आन्दोलनमा उत्रिएको बताए । क्वारेन्टाइनमा कार्यरत कर्मचारी पनि गाउँमाा हिंडडुल गरिरहने भएकाले त्यसो नगरी क्वारेन्टाइनमा नै बस्न आग्रह गरेको समेत पाण्डेले बताए ।


Advertisement

गाउँपालिकाले मर्चावारी आर्दश मावि दुई सय, मझगाउँ माविमा दुई सय, मर्यादपुर माविमा १ सय र लालबिहारी मावि १ सय बेडको क्वारेन्टाइन बनाएको छ ।  बाँकी दुई मावि सय/सय बेड बनाउने तयारी गरिएको घिमिरेले बताए ।  श्रीराम मावि र जानकी माविमा पनि क्वारेन्टाइन बनाउँदै छ । आन्दोलन गर्ने स्थानीयसँग जिल्ला प्रशासनस कार्यालयको समन्वयमा छलफल गर्ने तयारी गरिएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्