×

NMB BANK
NIC ASIA

माटो परीक्षण गर्दै वाग्मती गाउँपालिका

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले माटो परीक्षण गर्दैछ ।

Muktinath Bank

माटोको गुणस्तरबारे जानकारी हासिल गरी उत्पादकत्वमा बढवा दिन गाउँपालिकाले माटो परीक्षण प्रक्रिया अघि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुक कोरोना भाइरसले बन्दाबन्दी हुनुपूर्व परीक्षणका लागि गाउँपालिकाका सबै वडाबाट माटो संकलन गरिएको थियो । यहाँको माटोमा आवश्यक तत्व कुन–कुन पुगेको छैन । कुन तत्वको मात्रा बढी छ । भौगोलिक हिसाबले मानिसको पातलो बस्ती रहेको स्थानमा कस्ता–कस्ता बाली उत्पादन गर्न सकिन्छ भनी परीक्षण थालिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए ।


Advertisment
Nabil box
Kumari

‘बिरुवालाई १६ पोषकतत्वको आवश्यक पर्दछ । यी तत्वलाई मुख्य, सहायक र सुक्ष्म गरी ३ भागमा विभाजन गरिन्छ । हामीले बिरुवालाई चाहिने नाइट्रोजन, फस्फोरस, पोटास र माटोको पिएच परीक्षण गरिरहेका छौं । बिरुवाले कार्बनडाइ आक्साइड, हाइट्रोजन र अक्सिजनबाट हावा वा पानीबाट लिने गर्छ । माटोलाई सबैभन्दा बढी आवश्यक पर्ने तत्व नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा यसमा कति छ ? यहाँका माटोमा कस्तो किसिमका बिरुवा लगाउन सकिन्छ । बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व माटोमा पुगेको छ या छैन । विज्ञले किसानलाई के–कस्तो सुझाव दिनुपर्छ भनी परीक्षण थालेका हौं,’ उनले भने । सो परीक्षण गरिएका खेतवारीमा मलखादको अनुमान गर्न सकिने खनालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

गाउँपालिकाले आउँदो आर्थिक वर्षमा इच्छुक किसानको माटो परीक्षण गरी उपयुक्त बाली र मलखादको सल्लाह दिने भएको छ । ‘माटो परीक्षण गर्नुपूर्व त्यसलाई आठदेखि १० ठाउँमा चिह्न लगाइ त्यसमा १५ देखि २० सेन्टीमिटर गहिरो खाडल खनी माटो झिकेर थोरै मात्रामा ल्याइ परीक्षण गरेर अवस्था पत्ता लगाइन्छ,’ खनालले थपे, ‘माटो अम्लीय वा क्षारीय कस्तो प्रकारको छ त्यसबाट उत्पादकत्व बढाउन पिएचका आधारमा चुन र क्षारीय भए जिप्सम हालेर बाली लगाउन सुझाव दिइन्छ ।’ बिरुवालाई खाद्यतत्व कमी वा बढी भएमा चाहेको उत्पादकत्व लिन नसकिने खनालले जानकारी दिए ।

ललितपुर जिल्लाको क्षेत्र नम्बर १ साविक सातवटा गाउँ विकास समिति घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ र गिम्दी मिलेर वाग्मती गाउँपालिका भएको छ । विक्रम संवत् २०६८ को जनगणनाअनुसार यहाँ १३ हजारमाथिको जनसंख्या रहेको छ । यहाँको औसत पारिवारिक आम्दानीमा कृृषि र पशुपालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सो गाउँपालिका हुँदै काठमाडौं र हेटौंडा जोड्ने कान्ति लोकपथको सडक छोटो दूरीमा पार गर्न सकिन्छ । यस गाउँपालिकाबाट दुधजन्य पदार्थ, धान, मकै, भटामास, तोरी, फापर, कोदो, विभिन्न थरिका दाल, गेडागुडी उत्पादन हुने गर्छन् । गाउँपालिकामा ४७ सामुदायिक विद्यालय र सात स्वास्थ्य संस्था रहेका छन् ।

नेपालको एक मात्र नाम चलेको राडरक्षेत्र यस गाउँपालिकामा पर्छ । ललितपुरमा रहेका अन्य पाँच पालिका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका, महाँकाल, कोञ्ज्योसोममध्ये यस गाउँपालिकामा मान्दु र खानीखोला नामक २ हाइड्रोपावर रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x