नेकपा सचिवालय बैठक २ घण्टादेखि बालुवाटारमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिवार अपराह्न ३ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), बजेट र हालसालै सरकारले प्रकाशित गरेको अद्यावधिक नक्साबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनायो ।


Advertisement

बैठकमा अर्थमन्त्री युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् ।

रावल वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेका एमसीसी अध्ययन कार्यदलका सदस्यसमेत हुन् ।


Advertisement

प्रधानमन्त्री केपी शर्मा संसदबाट एमसीसी पारित गरेर जाने मनस्थितिमा छन् । केही दिनअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी संसदमा पेश हुने र सांसदहरूले पारित गरेपछि कार्यान्वयनमा जाने बताएका थिए । 

तर खनाल नेतृत्वको कार्यदलले एमसीसी यत्तिकै पारित गर्न नहुने प्रतिवेदन बुझाइसकेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्