बुटवलका १० जनाले एकसाथ जिते कोरोनालाई, फर्किए घर

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कोरोना संक्रमण बढी देखिएको प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ।

बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाको कोरोनो जितेको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन्। 


Advertisement

निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन्। भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको बताइन्छ। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए। उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ।’ 

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जिन्त सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्। अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ। धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए। 


Advertisement

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन्। प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए। लकडाउनकाे पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने उनकाे भनाइ छ।  

धागो कारखानामा २ सय बेड थप गरिदै छ। त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेन सेन्टर बनाइएको छ। 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्