×

NMB BANK
NIC ASIA

दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै

जेठ ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

 भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयाँै रहेको छ ।

Muktinath Bank

हाम्रा भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्र्याइएको बताए ।


Advertisment
Nabil box
Kumari

'रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन्; बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्', उनले भने।

Vianet communication
Laxmi Bank

भारतले बन्दाबन्दीकै बीचमा रेल सेवा सुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हँुदै घर फर्कन दैनिक सात आठ सय नेपाली सुनौली नाकामा आउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । जेठयता मात्रै बेलहिया नाकाबाट दुई हजार पाँच सय नेपाली भित्रिएको प्रजिअ पन्थले बत(ाउनुभयो । त्यसबाहेक लुकिछिपी भित्रनेको सङ्ख्या पनि ठूलो रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यसैगरी नेपालगन्ज समाचारदाता सिराजुद्दिन खानका अनुसार नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट शनिबार मात्र एक हजार नौ सय नेपाली स्वदेश भित्रिएका छन् । शुक्रबार त्यस नाकाबाट स्वदेश भित्रने नेपाली एक हजार नौ सय रहेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए ।

यस्तै वीरगन्ज समाचारदाता दीपक गौतमका अनुसार प्रदेश २ का विभिन्न सीमानाकाबाट शनिबार ४९६ जना नेपाली स्वदेश भित्रिएका छन् । जेठ महिनामा प्रदेश २ मा चार हजार २३० नेपाली भारतबाट स्वदेश भित्रिएका र उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताए ।

कैलाली समाचारदाता प्रकाशविक्रम शाहका अनुसार भारतका विभिन्न सहरबाट आएर सीमा क्षेत्रमा रोकिएका दुई हजार ११ जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भारतको राजधानी दिल्ली, मुम्बई, पुणे लगायतका सहरबाट आएका नेपालीलाई सीमावर्ती बजार गौरीफन्टाबाट नेपाल ल्याइएको हो ।

सूचना अधिकारी जोशीका अनुसार भारतबाट आएकालाई सम्बन्धित पालिकाको एकान्तबासमा बसाउने गरेर पठाइएको छ । शनिबार भारतको गौरीफन्टाबाट स्वदेश भित्रिनेमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा कर्णाली र प्रदेश ५ को सुर्खेत, दैलेख, सल्यान र बर्दियाका नागरिक छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार कञ्चनपुरको दोधारा हुँदै तीन सयभन्दा बढी नेपाली भारतबाट आएका छन् । उनीहरूलाई प्रदेश सरकार र स्थानीय तहले बस लगायतका सवारी साधनबाट सम्बन्धित पालिकाको एकान्तबासमा राख्ने गरी लगिरहेका छन् ।  गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x