×

NMB BANK
NIC ASIA

भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु

जेठ ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा शुक्रबार राति मृत्यु भएको छ । थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार साँझ साढे ५ बजे ल्याइपुर्‍याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको भेन्टिलेटर खोज्दाखोज्दै मृत्यु भएको हो ।

Muktinath Bank

‘हाम्रो अस्पतालमा न्युरोसम्बन्धी उपचार हुँदैन, सुत्केरीलाई भेन्टिलेटरसहितको उपचार आवश्यक थियो,’ अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले भने, ‘हामीले न्युरोको उपचार हुने र भेन्टिलेटर भएको पाटन, वीर र टिचिङ सबै सरकारी अस्पतालमा फोन गरेर बिरामी भर्ना लिन आग्रह गर्‍यौं तर कतै पनि लिएनन् ।’ उनका अनुसार अस्पताल ल्याउँदासम्म गंगाको उपचारमा निकै ढिला भइसकेको थियो । जटिलताका कारण उनको टाउकोमा असर परिसकेकाले भेन्टिलेटर आवश्यक थियो । उनका अनुसार कार्कीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो पनि थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक साताअघि सुत्केरी बेथा लागेपछि कार्कीलाई संखुवासभाको खाँदबारी अस्पताल पुर्‍याइएको थियो । परिवार स्रोतका अनुसार उनको गर्भ आठ महिना मात्रै पुगेको थियो । उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको पत्ता लागेपछि अस्पतालले उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज रिफर गरेको थियो । नोबेलमा उनले मृत शिशु जन्माएको सासू जानुका कार्कीले बताइन् । ‘प्रेसर बढेको भनेर बुहारीको अपरेसन पनि भएन,’ उनले भनिन् । अपरेसन नभएपछि अस्पतालले भ्याकुमको सहायताले मृत बच्चा निकालेको थियो । उपचारमा मात्रै चार लाख खर्च भएपछि अस्पतालले थप उपचार सम्भव नभएको भन्दै घर पठायो ।


Advertisment
Nabil box
Kumari


परिवारले उनलाई एम्बुलेन्समा गाउँमै लगे । गाउँलेले काठमाडौं लगेर ज्यान बचाउन आग्रह गरेपछि सासू जानुकाले बुहारी बचाउने सकिने आशामा हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरिएको हो । ‘महिलासम्बन्धी काम गर्ने संस्थाले सरकारी हेलिकप्टर बोलाइदियो,’ उनले भनिन्, ‘हेलिकप्टर आउन्जेल फेरि खाँदबारीमै बुहारीलाई स्लाइन पानी चढाएर राखियो, आखिर उनलाई बाँच्न लेखेको रहेनछ ।’

Vianet communication
Laxmi Bank

काठमाडौं ल्याए पनि बुहारीलाई बचाउन नसकेपछि उनी चिन्तित छिन् । ‘यहाँ उपचार नहुने भएपछि डाक्टरले अरू अस्पतालमा बुझे तर कतै पनि भर्ना लिएनन् । बुहारीलाई बचाउन सकिएन,’ उनले भनिन् ।

उनी बुहारीको शव कुरेर प्रसूतिगृहमै बसेकी छन् । उनलाई साथ दिन काठमाडौंमा रहेका आफन्त पनि आइपुगेका छन् । कोरोनाको अन्य लक्षण नभए पनि परिवारलाई शव जिम्मा लगाउनुअघि परीक्षणका लागि उनको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट नआएसम्म शव अस्पतालमै राखिने उनले बताए । संक्रमणको जोखिम बढेसँगै अस्पतालमा मृत्यु हुने सबैको परीक्षण गर्नुपर्ने भएकाले यस्तो गरिएको उनले जनाए ।


गंगाका श्रीमान् रोजगारीका लागि कतारमा छन् । अघिल्लो दसंै मानेर उनी कतार गएका थिए । ‘आमाको काख खोसियो, बाउ लकडाउनमा विदेशमा फस्यो,’ जानुकाले भनिन्, ‘म बूढीले आफूलाई सम्हाल्नु कि टुहुरा बालक ?’ गंगाको ९ र १२ वर्षका दुई छोरा छन् ।

सुत्केरी बेथाले छट्पटाइन् तर छुट्टिएर बसेका सासूससुरालाई खबर गरिनन् । बेथाले मुच्र्छा परेको २४ घण्टापछि मात्रै आफूले थाहा पाएको जानुकाले बताइन् । ‘बेथा लाग्नेबित्तिकै भनेको भए बेलैमा अस्पताल लगिन्थ्यो,’ उनले भनिन् ।

गंगाले एक सातादेखि खान र बोल्न छाडेकी थिइन् । ऋण खोजेर उनले बुहारीलाई चार दिन अस्पतालको आईसीयूमा भर्ना गरेर राखेको बताइन् ।

मृत्युपछि क्यान्टिन र अस्पतालबाहिर जान रोक


सुत्केरीको मृत्युको हल्लाले अस्पतालमा केही त्रास फैलिएको छ । शनिबार दिउँसो कान्तिपुरकर्मी प्रसूतिगृह पुग्दा मानिसहरू कोरोनाले सुत्केरीको मृत्यु भयो भनेर हल्ला गरिरहेका थिए ।

परिवारका सदस्यलाई अस्पतालबाहिर जान र क्यान्टिनमा समेत निषेध गरिएको थियो । स्वास्थ्यकर्मी र अस्पताल आवतजावत गर्नेलाई सम्भावित संक्रमणबाट बचाउन यस्तो गरिएको डा. गौतमले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x