×

NMB BANK
NIC ASIA

कपिलवस्तुका १० जनाले बुटवलमा कोरोनालाई जिते

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको छ ।

Muktinath Bank

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाले कोरोनो जितेको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एक साथ १० जना कोरोना निको भएर घर फर्किएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निको भएका उनीहरु सबै कपिलवस्तुका हुन् । भारतबाट लुकिछिपी आएकाहरूमा संक्रमण बढी देखिएको छ ।


Advertisment
Nabil box
Kumari

दुई साताअगाडि भर्ना भएका संक्रमितको लगातार दुईवटा रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुशी लागेको छ । 

Vianet communication
Laxmi Bank

उनले थपे, ‘कोरोनाबाट डराउनु पर्दैन । सजिलै जित्न सकिन्छ भन्ने सन्देश पनि निको भएर जानेले दिएका छन्, उनीहरू घर गएपछि आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिन्छ । धागो कारखानाको कोरोना अस्पतालमा रूपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । 

यसअगाडि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेका छन् । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २७१ छ । जसमध्ये ३२ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले मानिसहरू अनुसाशनमा बस्न सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । 

उनले भने, ‘संक्रमण अन्त्य कहिले हुन्छ भन्ने यकिन छैन, त्यसले रोग फैलिन नदिन सुरक्षित रूपमा घरैमा बस्नुपर्छ ।’

धागो कारखानामा २ सय बेड थप गरिँदै छ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेन सेन्टर बनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x