हावाहुरीले चितवनमा एकको मृत्यु, चार घाइते

चितवनको भरतपुर–१ देवघाटमा आयतबार साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा हुन्। उनको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । घटना साँझ ५ः४५ मा भएको थियो ।  


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्