×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको खोपमा आशा जाग्दै

जेठ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन
(डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।

Muktinath Bank

अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ ।


Advertisment
Nabil box
Kumari

यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पु¥याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ ।

Vianet communication
Laxmi Bank

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन् ।

छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ । मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ । योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्लूएचओले
दिएको छ ।

मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरु हुनेछ । अहिले कार्यविधि बन्दैछ । अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले यो वर्षको अन्त्य सम्ममा खोप आउनसक्ने विश्वास व्यक्त गरेका छन् ।
चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ । यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ । यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो ।

परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन् । खोप ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन् ।

जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेबु्रअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र परीक्षण
जारी छ ।

खोप बने पनि विकासशील देशमा पहुँच पुग्न समय लाग्नेछ । नेपाल जस्ता अति कम विकसित मुलुकमा त झनै समयमा आउन कठिन छ । नेपालका चिकित्सक प्रकाश बुढाथोकीले खोपमा पहुँच पुग्न समय लाग्ने बताए ।

उनका अनुसार एक प्रभावकारी खोपको विकास गर्न धेरै चरण पूरा गर्नुपर्छ । विकसित भइसकेपछि पनि औद्योगिक उत्पादन र बजारसम्म पुग्न समय लाग्छ । कोरोना महामारी विरुद्धको ती खोप विकास भइहालेमा पनि छिटो आएमा सन् २०२१ को अन्तिमतिर मात्र आउने उनको अनुमान छ ।  गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x