×

NMB BANK
NIC ASIA

सांसद कोषको बजेट खर्च १० प्रतिशत मात्रै

जेठ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सांसदको तजबिजी निर्णयबाट खर्च हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चालु आर्थिक वर्षको बजेट अहिलेसम्म १० प्रतिशतमात्रै खर्च भएको छ । ठूलो रकम खर्च हुन बाँकी रहँदा पनि सरकारले यस कार्यक्रमलाई निलम्बन गरेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ९० करोड बजेट छुट्याइएकामा जेठ दोस्रो साता लागिसक्दा १ अर्ब ९ करोड रुपैयाँमात्रै खर्च भएको छ । बजेटको ठूलो हिस्सा असार मध्यसम्ममा गरिसक्नुपर्ने भएकाले दुरुपयोग हुने जोखिम रहेको छ । टालटुले र कागजी विकास गर्नुभन्दा यो रकमलाई कोभिड–१९ को नियन्त्रण, रोकथामलगायतका काममा लगाउनुपर्ने आवाज उठ्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को प्रभाव, लकडाउन र मौसमका कारण यो आर्थिक वर्षको बाँकी समयमा काम राम्रो हुने सम्भावना छैन । ‘विकास त उस्तै हो, कार्यकर्ता तथा नेताको खल्ती भर्ने काम हुनेछ,’ महालेखाका एक अधिकारीले भने । विगतमा पनि यस शीर्षकको रकमको दुरुपयोग भइरहेको भन्दै महालेखाले औंल्याउँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा सांसदको रेखदेख र निर्णयबाट खर्च हुने गरी ६ करोड रुपैयाँका दरले छुट्याएको छ । विधि बनाउने सांसदहरू योजना बाँड्दै र खर्चको हिसाब किताब राख्दै हिँड्न नसुहाउने भन्दै यसको विरोध हुँदै आएको छ ।

Vianet communication
Laxmi Bank

यो बजेट स्थानीय तहमार्फत खर्च हुन्छन् । तर स्थानीय तहका जनप्रतिनिधिहरूले पनि यसको विरोध गर्दै आएका छन् । स्वयं सांसद, अर्थशास्त्री र योजनाविद्ले यो कार्यक्रमको बजेट कोभिड–१९ नियन्त्रण तथा उपचारमा लगाउनुपर्ने भन्दै आएका छन् । तर सरकारले यस सम्बन्धमा कुनै निर्णय लिइसकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १ सय ६२ निर्वाचन क्षेत्रको बजेट निकासा भइसकेको छ । विभिन्न मुद्दाका कारण ३ जना सांसद निलम्बन र थुनामा रहेकाले ती क्षेत्रको बजेट निकासा भएको छैन । ती क्षेत्रहरू मोहम्मद आफ्ताव आलम निर्वाचित रहेको रौतहट–२, हरिनारायण रौनियारको निर्वाचन क्षेत्र पर्सा–३ र रेशम चौधरीको निर्वाचन क्षेत्र कैलाली–१ हुन् ।

कार्यक्रम सञ्चालन नियमावलीअनुसार प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा रहने समितिले कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन, योजना छनोट र अनुगमन गर्नुपर्छ । समिति सदस्यमा प्रतिनिधिसभाका समानुपातिक सदस्य, राष्ट्रिय सभाका सदस्य हुन्छन् ।

नियमावलीमा सांसदहरूबीच सहमति नबने संयोजकले लिने निर्णय नै अन्तिम हुने भनिएको छ । त्यसले गर्दा योजनाको छनोटदेखि कार्यान्वयनसम्म प्रत्यक्ष निर्वाचित सांसदको हालीमुहाली रहन्छ । समानुपातिक र राष्ट्रिय सभाका सांसदहरूले यही कार्यक्रमलाई लिएर आफूहरूसँग ‘सौता’ को व्यवहार गरेको गुनासो बेलाबखत संसद्मा उठाउने गरेका छन् ।

संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार यस कार्यक्रमअन्तर्गत चालु आवमा १ सय ६२ निर्वाचन क्षेत्रमा ४ हजारभन्दा बढी योजना छनोट भएका छन् । त्यसमध्ये ८० प्रतिशत योजनामा सम्झौता भएर काम अघि बढिसकेको छ । योजना छनोट भएका सम्बन्धित स्थानीय तहमा बजेट गइसकेको छ ।

नियमावलीअनुसार निर्वाचन क्षेत्रमा उपलब्ध हुने बजेटको ५० प्रतिशत रकमबाट न्यूनतम ५० लाख रुपैयाँ लागतको आयोजना र बाँकी रकमबाट न्यूनतम १० लाख रुपैयाँ लागतको योजना छनोट गर्नुपर्छ । ५० लाखमाथिको ठेक्काबाट र सोभन्दा मुनिका योजनाको काम उपभोक्ता समितिबाट गराउनुपर्छ ।

निर्देशिकामा छनोट भएका योजनामा काम नभए त्यसको बजेट परिवर्तन गरेर छनोट भएका अर्को योजनामा हाल्न सकिने व्यवस्था छ । कार्यक्रम निर्देशिकाअनुसार खर्च नभएको रकम कोभिड–१९ कै रोकथाम र नियन्त्रणमा खर्चिन भने नसकिने सहसचिव अधिकारीले बताए ।

‘त्यसका लागि सरकारले निर्देशिकामा संशोधन गर्नुपर्छ,’ उनले भने । महालेखाका अधिकारीले काम सुरु भइसकेका योजनाका कारण सिर्जना भएका दायित्व यकिन गरेर बाँकी कार्यक्रमलाई सरकारले निलम्बन गर्न सक्ने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x