कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जेठ १२, २०७७
जिल्ला प्रहरी कार्यालय बैतडीको सुरक्षा घेरादेखि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतको न्यायिक घेरा कोरोनाको प्रहारबाट जोगिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीसहित ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जोगिन पुगेको हो । सो प्रहरी कार्यालयको थुना रहेका व्यक्तिमा नै कोरोना संक्रमण देखिएपछि कार्यरत प्रहरी र संक्रमितको बयान लिने सरकारी वकिलदेखि अदालतका कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले धनगढी प्रयोगशालाको पीसीआर परीक्षण रिपोर्ट अनुसार ४६ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
जिल्लाको शिवनाथ गाउँपालिका १ घर भएका २२ वर्षीय ती युवकको परिवारसहित छिमेकीहरुको भने रिपोर्ट आउन बाँकी रहेको जोशीले बताए ।
जेठ ९ गतेको धनगढी प्रयोगशालाको पीसीआर परीक्षण नतिजाले ती युवकमा संक्रमण देखा परेपछि सुरक्षा तथा न्यायिक अंगलाई झस्काएको थियो । ती युवक जिल्ला प्रहरी कार्यालय बैतडीको थुनामा २२ दिनसम्म बसेका थिए ।
उनमा संक्रमण देखिए लगत्तै जिल्ला प्रहरी कार्यालय नै ‘सील’ गरिएको थियो । नेपालमै पहिलो पटक जिल्लाकै प्रमुख सुरक्षा अंग सील भएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले थुनुवामा संक्रमण देखिएपछि कार्यालयमा कार्यरत ६० जना प्रहरीमध्ये मुद्धा शाखामा कार्यरतसहित ३२ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेर परीक्षण गरेको बताए ।
ती सबैको रिपोर्ट नेगेटिभ आएको सम्पर्क व्यक्ति जोशीले पुष्टि गरे । ती युवक गत चैत्र ६ गते भारतबाट फर्किएका थिए । उनी वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा प्रहरीको नियन्त्रणमा परेका थिए ।
कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका उनलाई बयानको लागि सरकारी वकिलको कार्यालयदेखि अदालतसम्म हाजिर गराइएको थियो । फलतः कट्याक्ट ट्रेसिड्डको दायरामा सरकारी वकिलको कार्यालयदेखि अदालतसम्मका कर्मचारी पर्न गएका थिए । स्वास्थ्य अवस्था सामान्य रहेका ती युवकलाई हाल जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखिएको छ ।
पढ्नुहोस यो पनि - सुदूरपश्चिममा पुनः थपिए ५ कोरोना संक्रमित, थुनुवामै देखिएपछि प्रहरी कार्यालय ‘सील’
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...