×

NMB BANK
NIC ASIA

सहकार्यले पठनपाठन सम्भव

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि शिक्षा क्षेत्रमा उत्पन्न समस्या र समाधानका विषयमा सरकार र निजी शैक्षिक संस्थाबीचमा सहकार्यको सट्टा सामाजिक दूरी झनै बढेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सङ्क्रमणपछि जारी बन्दाबन्दीको अवस्थामा विद्यार्थीको शुल्क, भर्ना, परीक्षा प्रणाली, वैकल्पिक शिक्षाको मान्यता पाउने या नपाउने लगायतको विषयले सरकार र निजी क्षेत्रको दूरी बढाइदिएको छ तर द्वन्द्वले भन्दा सहकार्यले मात्र सङ्कट समाधान निस्कने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसरी बढ्यो दूरी ?
 निजी विद्यालयका संस्थाहरूले विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्नुपर्ने लिखित सुझाव दिएका थिए । लाखौँ विद्यार्थीले एसईई तयारी गरे तर परीक्षा दिन नपाएको र अन्योल भएकोले आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्नुपर्ने माग उठाइएको थियो ।


Advertisment
Nabil box
Kumari

विद्यालयको मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्ने सुझाव दियो । यसमा सरकारले निर्णय लिएको छैन । सरकारले निजी विद्यालयको हकमा चैतको शुल्क अभिभावकबाट नलिन निर्देशन दियो । अर्कोतिर, विद्यालयले वैशाख अन्त्यतिरबाट वैकल्पिक माध्यमबाट पढाउने तयारी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढाउने पाइने तर शुल्क लिन नपाइने घोषणा गरिदियो ।

Vianet communication
Laxmi Bank

निजी क्षेत्रको माग
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का अध्यक्ष ऋतुराज सुवेदीले बन्दाबन्दी खुलेलगत्तै निजी विद्यालयको नीतिगत विषयमा सरकारले केही बोलिदिनुपर्ने अवस्था रहेको बताए ।

विद्यार्थीको आवश्यकताका आधारमा भर्चुअल कक्षा चलाउने भनिए पनि पढाउने शिक्षकको सुविधा र विद्यार्थीको शुल्कका कारण समस्या परेको उनले बताए । पढाउने शिक्षकलाई केही दिने र विद्यार्थीबाट पनि केही शुल्क लिने गरी आफूहरू अगाडि बढ्न खोजेको तर यसमा नीतिगत समस्या रहेको उहाँले औँल्याउनुभयो । बन्दको यस अवधिमा विद्यार्थीबाट शुल्क नउठाइएको उल्लेख गर्दै विशेष व्यवस्थापकीय क्षमता भएबाहेकका विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिन नसक्ने उनको अनुमान छ । सरकारले छ महिनाका लागि विशेष ऋण सुविधा दिनसके आफूहरूलाई सहज हुने भन्दै उहाँले यस विषयमा सरकारको ध्यानाकर्षण गराइएको बताए ।

लामो समयदेखि बन्दाबन्दीमा भएका कारण औपचारिक संवाद हुन नसकेको तर्क सरकारी अधिकारीहरूको छ । विद्यार्थी भर्ना नै नभएका कारण मासिक शुल्कका विषयमा बोल्न कठिन भएको तथा भर्चुअल कक्षालाई नियमित कक्षाको विकल्पका रूपमा सरकारले लिन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए ।

शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले निजी शैक्षिक संस्थाले वैकल्पिक विधिबाट पढाउन सक्छन् भने त्यसलाई सरकारले मान्यता दिने बरु अनुगमन गर्नुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x