अर्थमन्त्रीले मंगलवार संसद्‍मा आर्थिक सर्वेक्षण पेश गर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संसद्‍मा आर्थिक सर्वेक्षण पेश गर्ने तयारी गरेका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।


Advertisement

नयाँ आर्थिक वर्षको बजेट पेश गर्नुअगाडि गत आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने गरिन्छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संसद्‍मा आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गर्ने कार्यक्रम छ ।


Advertisement

कोरोना भाइरस (कोभिड– १९)का कारण अर्थतन्त्रमा परेको असर सम्बोधन गरी आर्थिक पुनरोत्थानको कार्यक्रम ल्याउने मन्त्री खतिवडाले बताउँदै आएका छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्