माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
पछिल्लो समय कोभिड– १९ (कोरोनाभाइरस)को संक्रमणबाट प्रहरी पनि जोगिन सकेको छैन । उपत्यकालगायत देशभरमा प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइराखेको छ ।
कोरोना संक्रमणका कारण कतिपय क्षेत्रका प्रहरी चौकी, वृत्तहरू नै सिल गर्नुपर्ने अवस्था आएको छ ।
पछिल्लोसमय कोरोना भाइरसका कारण महानगरीय प्रहरी वृत्त कालिमाटी सिल भएको छ । वृत्तमा काम गर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरसहित १ सय ९१ जना क्वारेन्टाइनमा बस्नुपरेको छ ।
‘हाम्रो वृत्त नै सिल गरिएको छ, बाहिर जान र यहाँ आउन बन्द गरिएको छ,’ वृत्तपति डीएसपी कुँवरले लोकान्तरसँग भने, ‘स्वाब संकलन गरिएको छ, अब रिपोर्टको प्रतिक्षामा छौं ।’
वृत्तमा कार्यरत २ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै वृत्त सिल गरेर उनीहरूलाई क्वारेन्टाइनमा राखेर उनीहरूको कोरोना परीक्षणका लागि आइतवार स्वाब संकलन गरिएको थियो, रिपोर्ट भने अझै आइसकेको छैन ।
कोरोना पुष्टि भएका प्रहरी नाबय निरीक्षक र प्रहरी जवान सशस्त्र प्रहरीले निर्माण गरेको कोरोना अस्पतालमा उपचारत छन् ।
कसरी चलेको छ त सिल भएको वृत्तको काम ?
कुनैपनि प्रहरी कार्यालय सिल भएको खण्डमा शान्ति सुरक्षाको काम कसरी चल्छ त ? भन्ने धेरैको प्रश्न हुनसक्छ ।
यदि प्रहरी कार्यालयहरू कोरोनाभाइरसका कारण सिल गर्नुपरेको खण्डमा माथिल्लो निकायले त्यसवरपरका कार्यालयबाट प्रहरीहरूको व्यवस्थापन गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाहीले बताए ।
‘यदि कुनै प्रहरी कार्यालय सिल गर्नुपरेको खण्डमा त्यस कार्यालयबाट हुने काम कारवाही र अपरेसन त्योभन्दा माथिल्लो निकायले खटाएको प्रहरीले गर्छ,’ प्रवक्ता शाहीले भने ।
क्षेत्रको हकमा जिल्लाले हेर्ने र जिल्लाको हकमा प्रदेशले हेर्ने हुन्छ । जिल्लामा भएको स्वास्थ्यको टोलीले सिल गर्नुपर्ने भएमा सिल गर्छ ।
कन्ट्र्याक ट्रेसिङलयातका काम सकेर क्वारेन्टाइनमा धेरै समय राख्नुपर्ने प्रहरीलाई क्वारेन्टाइनमा राख्छ । कोरोनाको परीक्षण भइसकेपछि भने कोरोना नेगेटिभ आएका प्रहरीलाई नियमित काममा फर्काउने गरेको शाहीले बताए ।
महानगरीय प्रहरी वृत्तको कामकारवाही अगाडि बढाउनका लागि ३ ठाउँबाट प्रहरी बोलाएर कामकारवाही गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
जनसेवा कार्यालय र महानगरीय प्रहरी वृत्त कीर्तिपुरले कालिमाटीको मातहतमा पर्ने एरियामा गस्तीको काम गरिहरको छ, भने प्रशासनिक काम महानगरीय प्रहरी परिसर काठमाडौंले गरिरहेको महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
‘कालिमाटीको अपरेसन अहिले ३ वटा युनिटले हेरिरहेको छ । गस्तीको काम जनसेवा र कीर्तिपुरले गस्ती रहेका छन्, भने काठमाडौं परिसरले प्रशासनिक काम हेरेको छ,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीलाई कोरोनाभाइरसको परीक्षण नेगेटिभ आएको खण्डमा सबै नियमित काममा फर्किन्छन् भने यदि कसैलाई कोरोना पोजेटिभ देखिएको खण्डमा अस्पताल पठाइने बज्राचार्यले बताइन् ।
पछिल्लोसयमा हिजो (सोमवार) मात्रै बारामा एक इन्सपेक्टरसहित ७ जना प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बारामा अपराध अनुसन्धानमा संलग्न प्रहरी इन्सपेक्टरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शुरूमा जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गरी ५१ जनाको पीसीआर परीक्षण गर्दा अन्य ६ जनामा पनि कोरोना पुष्टि भएको थियो ।
देशभरमा १६ जना प्रहरीलाई कोरोनाको पुष्टि भइसकेको छ ।
उनीहरूलाई नजिकको कोरोना अस्पतालमा राखेर उपचार भइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...