कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जेठ १३, २०७७
नेकपा सांसद जनार्दन शर्माले पश्चिम रुकुमको चौरजहारीमा जेठ १० गते ६ जना दलित युवाको मृत्यु भएको घटनालाई राजनीतिकरण नहुने बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर रुकुमका सांसद शर्माले घटनको निश्पक्ष छानबिन गर्ने कुरामा राजनीतिकरण नहुने बताएका हुन् ।
‘जेठ १० गते साझ १८:३० बजे घटना घटेको छ । वीरबहादुर मल्लको घरमा जाजरकोटका नवराज विक लगायत १८ युवा आएको देखेपछि उनको श्रीमतीले छिमेकीसँग गुहार मागेको र त्यसपछि लकडाउनको समयमा आएका युवा को हुन् भनेर छिमेकी आएपछि झडप शुरू भएको र झडप हुने क्रममा त्यतिबेला वडाध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी आएको छ । झपड अगाडि बढ्दै जाँदा ११ जनाले भेरी नदीमा हामफालेकोमा ५ जना तैरिन सकेको र ६ जना हराएकामध्ये नवराज लगायत ३ जनाको शव फेला परेको र ३ जना अझै हराइरहेका छन्,’ उनले भने ।
सांसद शर्माले यो घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे ।
‘यसरी घटना घटेको छ, सत्य तथ्य छानविन गर्ने कुरामा राजनीतिकरण हुन सक्दैन । सत्यतथ्य छानबिन हुनेछ,’ शर्माले भने ।
शर्माले बोल्दै गर्दा कांग्रेस सांसदले आपत्ति जनाएका थिए । ‘गृहमन्त्रीले जवाफ दिने कि ? रुलिङ पार्टीका सांसदले ?’ कांग्रेसका प्रकाश रसाइली स्नेहीले भने ।
रसाइलीले विश्वकै लज्जास्पद् घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए । संसद्मा होहल्ला भएपछि सभामुख सापकोटाले सम्हालिन आग्रह गरे ।
‘माननीय सदस्यहरू सम्हालिनुस्, सबै माननीय सदस्यलाई विनम्र अनुरोध गर्छु कि घटनाबारे मेरो पनि ध्यानाकर्षण भएको छ,’ सापकोटाले भने ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...