×

NMB BANK
NIC ASIA

कृषि क्षेत्रमा २ लाखसम्म रोजगारी सिर्जना गर्न सकिने मन्त्री भुसालको हिसाबकिताब

जेठ १३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा कम्तीमा डेढ देखि २ लाखसम्म रोजगारी सिर्जना गर्नेगरी आफूले काम गरिरहेको बताएका छन् ।

Muktinath Bank

मंगलवार श्रम तथा रोजगार पत्रकार समूहले आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै मन्त्री भुसालले कोभिड १९ का कारणले संकुचनमा फँसेको अर्थतन्त्र सुधार्न कृषि क्षेत्रले ठूलो योगदान गर्ने गरी आफू अघि बढेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले करीब डेढ देखि २ लाखसम्मलाई रोजगारी दिने गरेर काम अघि बढाएका छौं,’ मन्त्री भुसालले भने, ‘त्यसका लागि ५ वटा शीर्षकमा काम गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

मन्त्री भुसालले मल, बिऊ अनुदान, प्राविधिक सेवा, वित्तीय सेवा, बीमा व्यवस्था र कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने गरी मन्त्रालय अघि बढेको बताए ।

Vianet communication
Laxmi Bank

मन्त्री भएपछि लामो समयसम्म भुसालले आफू अध्ययनमै रहेको प्रतिक्रिया दिने गरेका थिए । पछिल्लो समय अर्थतन्त्रमा ठूलो संकुचन आउने सम्भावनाका बीच राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान बढ्ने हिसाबले नीति निर्माण तथा काम गरिरहेको भुसालले बताए ।

उनले यस्तो बेलामा स्वदेश फर्किने सबैका लागि रोजगारी सिर्जना गर्न राज्यका अन्य अंगहरूको पनि भूमिका हुने बताए ।

‘कृषि क्षेत्रले मात्र सबै धान्न सक्दैन । मैले चाहेर मात्र सबै हुँदैन,’ उनले भने, ‘भूमि सम्बन्धी व्यवस्थाका लागि अलग मन्त्रालय छ, आपूर्ति व्यवस्थाका लागि अलग, सहकारी अलग मन्त्रालयले हेर्छ भने लगानीका विषयमा फरक ठाउँबाट नीति निर्माण हुन्छन् । राज्यका सबै अंगहरूले मिलेर काम गर्ने हो भने अब रोजगारीको व्यवस्थापन सरल बन्न जाने देखिन्छ । त्यसका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिबद्धता आउन जरुरी छ ।’

मन्त्री भुसालले किसानहरूको उत्थानका विषयमा ७० वर्षदेखि कुरा हुँदै आएको भएपनि कार्यान्वयन भने नभएको बताए । ‘सामन्तवादबाट मुक्त भएका किसानको उत्थानका लागि ७० वर्षदेखि कुरा उठिरहेको छ,’ उनले भने, ‘तर कार्यान्वयनको स्थिति भने छैन । यसपाली हामीले त्यसलाई फाइनल गर्ने ढंगबाट अघि बढ्ने सोच बनाएका छौं ।’

उनले साना किसानलाई तीन प्रतिशतसम्मको ब्याजमा ऋण दिने, मझौला र ठूला कृषि परियोजनाहरूलाई केही प्रतिशत ब्याजमा सब्सिडी दिने कुरा चलिरहेको बताए ।

‘किसानहरूले आफ्नो लागतमा २० प्रतिशत फाइदा जोडेर उत्पादित कृषिजन्य वस्तुहरू बेच्न पाउनुपर्छ भनेका छौं,’ मन्त्री भुसालले भने, ‘त्यसबाट कृषकको लगानी सुरक्षित हुनुका साथै कृषि उत्पादनमा देश आत्मनिर्भर हुने दिशातर्फ जान्छ । लाखौँ रोजगारी सिर्जना हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x