कपिलवस्तु आगलागीमा जले ९ घर

प्रतिकात्मक तस्वीर

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ मानपुरमा आगलागी हुँदा ९ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय रमेश यादवको फुसले छाएको गोठबाट शुरू भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।


Advertisement

आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन ।

कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरू भएसँगै आगलागीका घटना बढेका छन् ।


Advertisement

गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए । 

कमेन्ट गर्नुहोस्