कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्राथमिकता दिइएको पनि बताएको छ ।
नेपाल राष्ट्र बैङ्कद्वारा मङ्गलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा २०७६ चैतदेखि २०७७ जेठसम्म भुक्तानी गर्नुपर्ने कर्जा दायित्वहरूलाई २०७७ असार मसान्तसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको र चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
पर्यटन तथा यातायातलाई शीघ्र ऋण
२०७६ पुस मसान्तसम्म साँवा ब्याज नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीले अल्पकालीन कर्जा माग गरेमा साँवा तथा ब्याज बक्यौता रहे पनि आवश्यकता अनुसार निश्चित सीमासम्म पाँच कार्यदिनभित्र कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कोभिड १९ सङ्क्रमितको उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार वा स्तरोन्नति गर्न चाहने निजी स्वास्थ्य संस्थामा प्रवाह भएको कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको समीक्षामा उल्लेख छ । वैदेशिक रोजगारीमा जान अनुमति लिएका तर सङ्क्रमणका कारण रोजगार गन्तव्यमा जान नपाएका व्यक्तिले सङ्क्रमण जोखिम सकिएपछि मुलुकभित्रै उद्योग व्यवसाय सञ्चालन गर्न कर्जा माग गरेमा निवेदन दिएको सात कार्य दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता बढाई आर्थिक गतिविधि चलायमान बनाउन कन्ट्री साइक्किर बफरसम्बन्धी व्यवस्था स्थगन गरिएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी कारोबार सहजीकरण गर्न र विद्युतीय भुक्तानीे कारोबारलाई प्रोत्साहित गर्न आरटीजीएसमार्फत गरिने कारोबारमा २०७६ चैत १० देखि अर्को सूचना जारी नभएसम्मका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । त्यसैगरी मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, वालेटजस्ता माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा वृद्धि गरिएको जनाएको छ ।
सरकारको आन्तरिक ऋण घट्यो
सरकारको चालू आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन घटेको छ । चालू आवमा सरकारले १९५ अर्ब रुपियाँ आन्तरिक ऋण परिचालन गर्ने सरकारले लक्ष्य राखेकामा २०७७ जेठ ९ गतेसम्म १४५ अर्ब १४ करोड रुपियाँ मात्र आन्तरिक ऋण परिचालन भएको जनाइएको छ ।
त्यस्तै चालू आवको २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड रुपियाँ तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत रु. एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...