×

NMB BANK
NIC ASIA

मिनेन्द्र रिजालको प्रस्ताव – बालुवाटार बैठकको निर्णय प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने चलन थालौं

जेठ १४, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले बालुवाटारमा हुने सर्वदलीय बैठकका निर्णय प्रधानमन्त्री या संसदीय व्यवस्था मन्त्रीले संसदमा दिने चलन प्रारम्भ गर्न माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद रिजालले संक्रमणकाल सकिएर राजनीतिक स्थायीत्व कायम भइसकेकोले यस्तो चलन चलाएमा संसदीय सार्वभौमिकता कायम रहने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीज्युले हिजो बोलाउनु भएको सर्वदलीय बैठकले संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुन्यौं,’ उनले भने, ‘खुसी लाग्यो, हाम्रो कर्तव्य पनि हो । अहिलेसम्म यस्ता बैठकको निष्कर्ष नेताले सम्बन्धित दललाई दिने थियो । डाक्टर रिजालले भने, ‘अब हामी राजनीतिक संक्रमणमा छैनौं, संविधान सम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दैछौं । यस्ता बैठक, विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री या संसदीय मन्त्रीले दिने परम्परा शुरू गरौँ ।’


Advertisment
Nabil box
Kumari

उनले यसो गर्नाले छलफल र निष्कर्ष प्रत्यक्ष प्रसारणमार्फत र संसदीय अभिलेखमार्फत आज र चीर कालसम्म नागरिकको जानकारीका रहने बताए । ‘संसदीय उत्तरदायित्व सुनिश्चित हुनेछ, संसदको मर्म र भाव यही हो संसदीय सार्वभौमिकता पनि यही हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

रिजालले संसदीय उत्तरदायित्वको लागि यो व्यवस्था शुरु गर्न सभामुख र प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘सभामुख महोदय र प्रधानमन्त्रीज्यूलाई नम्रतापूर्वक तर गम्भीर रुपमा यो चलन आरम्भ गर्न अनुरोध चाहन्छु,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x