सिराहा एसपीका सुरक्षागार्ड र ड्राइभरलाई कोरोना संक्रमण

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीका सुरक्षा गार्ड तथा ड्राइभरमा कोरोना संक्रमण पाइएको छ ।

एसपी चतुर्वेदीका पीएसओको रुपमा कार्यरत रहेका सुरक्षा गार्ड तथा एसपीको गाडी चलाउने ड्राइभर रहेका अर्का प्रहरीमासमेत कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।


Advertisement

एसपी चतुर्वेदीले आफ्नो पीएसओ र ड्राइभरलाई संक्रमण देखिएको पुष्टि गरे ।

लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘आज बुधवार उहाँहरूमा कोरोनाको संक्रमण पुष्टि भएपछि मैले आफूलाई पनि आफ्नो निवासमा आइसोलेट गरेको छु । अहिले निवासमा नै बसेर फोनमार्फत जिल्लाको शान्ति सुरक्षा व्यवस्था संचालन गर्दै छु ।’


Advertisement

उनले मंगलवार नै आफ्नो स्वाबसमेत संकलन गराएर परीक्षणका लागि पठाएको उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्