कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘ग्रीनजोन’ उपमा दिइएको गण्डकीमा एकै दिनको फरकमा स्याङ्जा र बागलुङमा गरी कुल ८ जना कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको छ ।
सम्भावित अन्य संक्रमित भेटिने आशंकामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लिने कार्य शुरू भएको छ । बागलुङको बढीगाड गाउँपालिका र तमनखोला गाउँपालिका गरी ६ जना पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो ।
बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला क्वारेन्टाइनमा रहेका वर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरी ६ जनामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले बुधबार दिउँसो पुष्टि गरेको हो ।
सुनौली नाका हुँदै बागलुङ प्रवेश गरेका उनीहरू क्वारेन्टाइनमा रहेका बेला स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा ल्याइएको थियो । उनीहरूसहित १ सय २० जनाको स्वाब संकलन गरिएकोमा ६ जनामा संक्रमण देखिएको हो ।
संक्रमित सबैको सदरमुकाम धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । बागलुङमै यसअघि भेटिएका २ जना बिरामी उपचारपछि घर फर्किएका थिए ।
बागलुङ कुँडुलेकी १९ वर्षीया युवती र बागलुङ –३, गौंडाकोटकी ६५ वर्षीया वृद्धामा कोरोना देखिएपछि उनीहरुको धौलागिरी अस्पतलामै उपचारपछि निको भइ घर फर्केका हुन् । दुवै जना चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका थिए ।
युवती र वृद्धा नेपालमै क्रमशः पाँचौं र छैटौं संक्रमित हुन् । युवतीलाई चैत १४ मा कोरोना पुष्टि भएकोमा झण्डै एक महिनाको उपचारपछि वैशाख १२ मा डिस्चार्ज गरिएको थियो । छैटौं संक्रमित वृद्धाका वैशाख ६ मा डिस्चार्ज भएको हो ।
यसरी झण्डै २ महिनापछि मात्र बागलुङमा थप केस देखिएको हो ।
उता, स्याङ्जामा मंगलबार पहिलो पटक कोरोना संक्रमित देखा परेका हुन् । वालिङ नगरपालिका वडा ७ घर भएका २० र २९ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उनीहरु जेठ १० मा भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आइ क्वारेन्टाइनमै बसेका थिए ।
दुवै जनाको स्याङ्जा लिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचार भइरहेको र अवस्था सामान्य रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले स्याङ्जा र बागलुङमा नयाँ केस देखिएपछि दुवै जिल्लामा अस्पतालको अवस्थाबारे अनुगमन गरेका छन् । उनका अनुसार दुवै जिल्लामा उच्च सतर्कता अपनाइएको र संक्रमित बिरामीको कन्ट्याक्ट ट्रेसिङ लिने काम भएको छ ।
यस्तै, बागलुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बागलुङका दुवै पालिकास्तरमा कन्ट्याक्ट ट्रेसिङ टीम गठन गरिएको बताए । उनका अनुसार बडिगाढमा चुडामणि कँडेल र तगामखोलामा तिलक छन्त्याल संयोजक रहेको सो टीम गठन गरी संक्रमित बिरामी भारतबाट कसरी आए, नेपालमा आइसकेपछि चढेको बसमा कति जना मानिस थिए, उनीहरु को-कोसँग सम्पर्कमा आए भन्नेबारे विस्तृत जानकारी लिइनेछ ।
साविक अञ्चलस्तरीय धौलागिरी अस्पतालमा कोरोनाको भयावहसँगै हाल आइसोलेसन वार्ड थपेर १२ पु¥याइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । बागलुङलाई सरकारले समेत पहिले उच्च जोखिमको जिल्लामा राखेको थियो ।
गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १३ पुगेको छ । गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा प¥यो ।
जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...