कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
जेठ १४, २०७७
बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन। जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाका आठ स्थानीय तहमध्ये बुधबारसम्म ६ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा सङ्क्रमण देखिएको हो।
जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ। नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए। बाँकेका २२ कोरोना सङ्क्रमित उपचारपछि निको भई घर फर्किएका छन्। बुधबार थपिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
मलेसियाबाट आउनेमा सङ्क्रमण
रुकुम (पूर्व) जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गाउँपालिका वडा नं १३ का २३ वर्षीय पुरुष, वडा नं १४ की १५ वर्षीया महिला र १८ वर्षीय पुरुषमा आज दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रणको पुष्टि गरेको छ ।
कोरोना परीक्षणका लागि जिल्लाभरबाट स्वाब संकलन गरिएका ५७ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ। अरुको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका २३ वर्षीय युवक गत चैत ६ गते मलेसियाबाट फर्किएका र अन्य दुई जना यही महिना बाराबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरु बारामा इँटाभट्टामा काम गरेर फर्किएका हुन्। कोरोना पुष्टि भएका दुई जना सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टाइन तथा मलेसियाबाट आएका युवा होम क्वारेन्टाइनमा रहेका छन्।
ती युवकको गत वैशाख १२ गते आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। आरडिटीबाट उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादव शर्माले जानकारी दिए।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...