कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ १४, २०७७
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले गत शनिबार रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिनमा सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन्। आफ्नो गृहजिल्लामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि उनले माग गरेका छन्।
यसअघि संसदमा धारणा राख्दा कतिपयबाट आलोचना खेपेका शर्माले बुधबार विज्ञप्ति जारी गरेर प्रष्टिकरण पनि दिएका छन्। घटनाबारे विवरण राख्दै गर्दा केही सांसदले होहल्ला गरी भनाइ राख्न अवरोध भएको र त्यसकारण सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएको उनले बताएका छन्। शर्माले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेकोमा भनाइलाई तोडमोड री तथ्यलाई बंग्याउने प्रयत्न भैरहेको विज्ञप्तिमार्फत बताएका छन्।
‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ। सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ,’ उनले भनेका छन्।
भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा हत्या भएको थियो। उनीसहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ। बुधबार मात्रै लोकेन्द्र सुनारको शव फेला परेको छ।
यसअघि नवराजसहित गणेश बुढामगर र चौरहजारी नगरपालिका-१ टीकाराम सुनारको शव फेला परिसकेको छ। घटनामा भेरी नगरपालिका ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता छन्।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...