×

NMB BANK
NIC ASIA

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

जेठ १५, २०७७

NTC
Sarbottam
सगरमाथा शिखरमा बुधवार बिहान सामूहिक तस्बिर खिचाउँदै चिनियाँ सर्वेक्षकहरूको टोली । तस्बिर : सिन्ह्वा/रासस
Premier Steels
Marvel

 चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुन: मापन गर्नका लागि टोलीले सगरमाथाको आरोहण गरेको हो ।

Muktinath Bank

भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको आरोहण गर्न दुवै देशले विदेशी टोलीलाई रोक लगाएका छन् । चीनले भने आफ्ना नागरिकलाई आरोहणको अनुमति दिँदै आएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले सर्वेक्षकको टोलीले सगरमाथा आरोहण गरेको जनाएको छ । ‘दुई जना व्यावसायिक सर्वेक्षकले मौसमको अनिश्चितता र अपर्याप्त अक्सिजनका कारण आरोहण बीचमै रोकेका छन्,’ सिन्हवाले उल्लेख गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्हवाका अनुसार ८ जना आरोहीहरू स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेका हुन् । ‘सहयोगीहरूले मंगलबार टाँगेको डोरीको सहयोगमा टोलीका सदस्यहरू चुचुरोमा पुग्न सफल भएका हुन्,’ सिन्हवाले जनाएको छ । टोलीमा सिन्हवा समाचार संस्थाका विशेष संवाददाता टासी छिरिङसमेत छन् । चिनियाँ टेलिभिजनमा सार्वजनिक दृश्यहरूमा उनीहरूले सर्वेक्षणका लागि आवश्यक उपकरणसमेत जडान गरेको देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

सिन्हवाले आइतबार १२ सदस्यीय टोली ७०२८ मिटरको क्याम्पमा पुगेको जनाएको थियो । यसअघि खराब मौसमका कारण चुचुरोमा पुग्ने उक्त टोलीको प्रयास दुई पटकसम्म असफल भएको थियो ।

Vianet communication
Laxmi Bank

चीनको राष्ट्रिय स्रोत मन्त्रालयका अनुसार गत मार्च महिनाको सुरुदेखि ५३ सदस्यीय टोलीले सगरमाथाबारे वैज्ञानिक कार्यहरू गरिरहेको छ । सगरमाथाको उचाइबारे नयाँ तथ्य पत्ता लगाउन ‘बेइडो’ नामक भू–उपग्रह प्रयोग गरिएको सिन्हवाले जनाएको छ । मन्त्रालयका अनुसार हिउँको गहिराइ, मौसम र हावाको बहावबारे समेत टोलीले अध्ययन गर्नेछ ।

चीनले सगरमाथाको उचाइ नेपालले कायम गरेको भन्दा करिब ४ मिटर कम रहेको बताउँदै आएको छ । तर ५ वर्षअघि नेपालमा गएको ठूलो भूकम्पपछि यसको उचाइमा सामान्य परिवर्तन आएको हुन सक्ने ठानिएको छ ।

चीनले सन् १९४९ यता ६ पटक सगरमाथाको सर्वेक्षण गरिसकेको छ । सन् १९७५ को सर्वेक्षणअनुसार चीनले सगरमाथाको ८८४८.१३ मिटर रहेको जनाउँदै आएको थियो । तर सन् २००५ मा चीनले यसको उचाइ ८८४४.४३ मिटर कायम गरेको हो । नेपालले यसको उचाइ ८८४८ मिटर कायम गर्दै आएको छ ।

आरोहण क्षेत्रका जानकारहरूका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ । हिमाण आरोहणसम्बन्धी तथ्यांक राख्ने संस्था हिमालयन डाटाबेसका रिचार्ड सालिसबरीका अनुसार सन् १९६० को मे महिनामा चिनियाँ टोलीले सगरमाथाको आरोहण गरेको थियो । त्यसै वर्ष भारतीय आरोहीहरूले प्रयास गरे पनि उनीहरू असफल भएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको गत अक्टोबरमा भएको नेपालको राजकीय भ्रमणका क्रममा दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । राष्ट्रपति सीले सगरमाथालाई ‘दुवै देशको मित्रताको अनन्त प्रतीक’ बताएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x