×

NMB BANK
NIC ASIA

हिजो दिनभर : संसद्को कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो, नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १ सय ८३ पुग्यो

जेठ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संसद्को कार्यसूचीबाट हट्यो संविधान संशोधन विधेयक

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक टेबुल गर्ने प्रतिनिधि सभाले यसअघि तय गरेको कार्यसूची अन्तिम समयमा आएर हटाएको छ ।

Muktinath Bank

संघीय संसद सचिवालयले मंगलवार प्रकाशित गरेको बुधवारको सम्भावित कार्यसूचीमा कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्हाबाम्फेले विधेयक पेश गर्ने कार्यक्रम थियो । दिउसो २ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन विधेयक) २०७७ माथि अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज प्रकाशित कार्यसूचीमा संविधान संशोधन विधेयक टेबुल गर्ने कार्यक्रम हटाइएको छ । थप तयारीका लागि कार्यसूचीबाट सो विषय हटाइएको सचिवालय स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

‘यसअघि पनि यस्तो हुन्थ्यो, हिजो प्रकाशित गरेको सम्भावित कार्यसूची थियो, संविधान संशोधन विधेयक अर्को दिनको कार्यसूचीमा राखिन्छ,’ सचिवालयका एक अधिकारीले भने ।

Vianet communication
Laxmi Bank

संविधान संशोधन विधेयक सर्वसम्मत पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक राखेका थिए । जेठ ६ गते सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले संविधान संशोधन विधेयक पारित भएको दिन मुलुकमा दीपावली हुने बताएका थिए ।

सरकारले गत शुक्रवार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेको थियो ।

भोलि संसदमा नयाँ आर्थिक वर्षको बजेट पेश हुने भएकोले संविधान संशोधन विधेयकका थप प्रक्रिया १६ गतेपछि हुने संसद सचिवालयले जनाएको छ । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिले विधेयक परिपक्व भएपछि प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १ सय ८३ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण निको भएर घर फर्किनेको संख्या १ सय ८३ पुगेको छ ।

बुधवार थप २८ जना संक्रमणमुक्त भएर घर फर्किएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।

नारायणी अस्पताल वीरगञ्जबाट २१ जना, कोशी अस्पताल विराटनगरबाट ४ जना, सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट २ जना र बर्दियाबाट १ जना कोरोना निको भएर घर फर्किएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नारायणी अस्पतालबाट डिस्चार्ज भएका २१ जना भर्ना भएको ११ देखि १४औं दिनमा घर फर्किएका हुन् ।

कोशी अस्पतालबाट घर फर्किनेहरू भने १७ देखि ३६औं दिनमा डिस्चार्ज भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x