×

NMB BANK
NIC ASIA

दोक्लममा तर्सिएको भारतले चिनियाँ दूतको शान्ति सन्देशमा गर्‍यो आशंका

जेठ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनबीच लद्दाखको सीमामा भइरहेको तनावको बीचमा भारतका लागि चीनका राजदूत सुन वेडाङले सीमामा कुनै समस्या नरहेको बयान बुधवार दिएको भए पनि भारतका शीर्ष अधिकारीहरूले त्यसलाई शंकाको दृष्टिले हेरेका छन् । 

Muktinath Bank

भारतका रक्षा सूत्रहरूले सीमाको धरातलीय यथार्थमा परिवर्तन नआउन्जेल चीनको बयानलाई ध्यान दिनु नपर्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सेनाका शीर्ष अधिकारीहरू अपरेसनल (सैन्य कारवाही) को तयारीमा खटिएका छन् । सुरक्षा सूत्रहरूका अनुसार, चिनियाँ सुरक्षाबल निःशर्त लद्दाखका संवेदनशील क्षेत्रबाट नहटेसम्म यस्ता बयान निरर्थक छन् । 


Advertisment
Nabil box
Kumari

भारत र चीन एकअर्काका लागि खतरा नभएको र द्विपक्षीय सहयोगमा दुई देशको मतभेदको छायाँ पर्नु नहुने राजदूत सुनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

वास्तविक नियन्त्रण रेखाको पांगोङ त्सो, डेमचोक र गालवान उपत्यका क्षेत्रमा लगभग १२ सयदेखि १५ सय चिनियाँ सैनिक तैनाथ छन् र भारतीय सैनिकसँग आमनेसामनेको स्थितिमा छन् । चीनले विवादित क्षेत्रमा सैीनक संख्या थपेर लगभग ५ हजार पुर्‍याएको छ । 

भारतले पनि उक्त क्षेत्रका सैनिक संख्या बढाएको छ । 

एक महिनादेखि चलिरहेको विवाद अनेकौं चरणको बैठकपछि पनि हल भएको छैन । 

सन् २०१७ को जुनदेखि अगस्ट महिनासम्म दोक्लममा भारतीय र चिनियाँ सैनिकहरूको आमनेसामनेको स्थिति थियो । त्यसलाई कूटनीतिक वार्तामार्फत हल गरिएको थियो । 

तर चीनले त्यहाँ स्थायी रूपमा सैनिकहरू तैनाथ गरेको छ र सैन्य संरचना बनाएको छ । उत्तरी दोक्लममा उसले हेलिप्याड बनाएको छ । अहिले त झन् भारतले आफ्नो नियन्त्रण भनिरहेको क्षेत्रमा तनावको स्थिति छ त्यसैले भारत चिन्तित छ । 

भारतका आर्मी कमान्डरहरूले यस विषयमा बैठक गरिरहेका छन् । सेनाप्रमुख मनोज मुकुन्द नरवणेको अध्यक्षतामा बसेको बैठकमा सैन्य कारवाहीको स्थिति र चुनौतीका विषयमा चर्चा भइरहेको छ । 

नवभारत टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x