कांग्रेसले शनिवारका लागि बोलायो केन्द्रीय कार्यसमिति बैठक, संविधान संशोधन मुख्य एजेण्डा

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक शनिवार दिउँसो १ बजे, सानेपा स्थित  पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । 


Advertisement

बिहीवार एक विज्ञप्ति जारी गर्दै पौडेलले बैठक शनिवारका लागि बोलाइएको जनाएका हुन् । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन समेत कांग्रेसले दिएको छ । 


Advertisement

सरकारले हालै जारी गरेको नयाँ नक्सा र निशान छाप परिवर्तनका लागि संविधान संशोधन गरेर जानुपर्ने भएपछि सरकारले बुधवार संविधान संशोधन प्रक्रिया संसदमा शुरू गर्ने कार्यसूची रहेको थियो । तर पछिल्लो समय राष्ट्रिय सहमतिमा मात्रै संविधान संशोधन प्रक्रिया शुरू गरिने भन्दै अन्तिम समयमा संसदको कार्यसूचीबाट सो विषय हटाइएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्