युवा तथा खेलकुदको बजेट डेढ अर्बले घट्यो

फाइल फोटो।

सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको एक अर्ब ६३ करोड बजेट कटौती गरेको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गदैँ युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको बताए।


Advertisement

तर, चालू आर्थिक वर्षमै ३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो। सरकार कोरोना भाइरस नियन्त्रणमा केन्द्रित रहेका बेला यो वर्ष स्वास्थ्य, रोजगारी, कृषि र शिक्षा क्षेत्र प्राथमिकतामा परेका छन्। फलतः खेलकुदको बजेट कटौती भएको बताइन्छ।  सरकारले निर्माणधीन अन्तरराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रङ्गशाला निर्माणमा समेत बजेट विनियोजन गरेको छ ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्