×

NMB BANK
NIC ASIA

बिक्री भएन लिची, करीब २ लाख दाना कुहिने खतरा

जेठ १६, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन ।

Muktinath Bank

केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनामा केन्द्रले ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य रु सात लाख ९२ हजार ८१८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिए । गत वर्ष  करीब रु २२ लाखमा ठेक्का लागेको थियो । सवारी साधनको आवतजावतमा रोक तथा बजार बन्द रहेका कारण आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुनसक्ने केन्द्रका प्रमुख उनले बताए । “ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ, समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुनसक्छन्”, उनले भने ।

Vianet communication
Laxmi Bank

बगैँचामा लिची पाक्न शुरू भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको  छ । “पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ, ठेक्का आह्वान गरेको पनि दोस्रोपटक भइसक्यो, कुनै ठेकेदारले ठेक्का हालेका छैनन्”, उनले भने । पन्ध्र बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको केन्द्रको अनुमान छ ।

त्यसैगरी केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको हो । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको जनाएको छ ।

यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य रु १० लाख ११ हजार ५६० तोकिएको उनले बताए । केन्द्रले १२० बिघा क्षेत्रफलमा आँप उत्पादन गर्दै आएको छ ।

यो बागवानी दक्षिण एशियाकै ठूलो बागवानी केन्द्रका रूपमा परिचित रहेको छ । तर यस वर्ष गत वर्षको तुलनामा लिची तथा आँप कम फलेको केन्द्रले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x