×

NMB BANK
NIC ASIA

नेपालको नयाँ नक्सालाई समावेश गरी संविधान संशोधनमा ढिलाइ गर्दा भारतीयले गरे गिल्ला

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई नेपालको राजनीतिक तथा प्रशासनिक नक्सामा समावेश गरेर नयाँ नक्सा जारी गरे पनि संविधानको अंग बनाउनमा भइरहेको ढिलाइका कारण भारतीय सञ्चारमाध्यमले नेपालको गिल्ला गर्ने अवसर पाएका छन् । 

Muktinath Bank

संविधान संशोधनको प्रस्ताव संसदमा पेश नगरिएपछि भारतमा हर्षबढाइँको स्थिति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा भारतको अग्रणी दैनिक नवभारत टाइम्सले अलिक अपमानजनक हिसाबमा शुक्रवार समाचार प्रकाशन गरेको छ । 


Advertisment
Nabil box
Kumari

सचिन पाराशरको बाइलाइनमा प्रकाशित समाचार यस्तो छ : 

Vianet communication
Laxmi Bank

चीनको उक्साहटमा आएर नेपालले आफ्नो नक्सा परिवर्तन गर्‍यो र भारतका केही भागलाई पनि त्यसमा समावेश गर्‍यो । तर नयाँ नक्सालाई उसले आफ्नै संसदमा स्वीकृति दिन सकेको छैन । यसपछि उसको घमण्ड चूर भयो र अब ऊ भारतसँग कुराकानीका लागि व्यग्र छ । 

तर भारतले यस प्रकरणबाट दुई देशबीच विश्वासको संकट उत्पन्न भएको स्पष्ट बताएको छ । कुराकानीका लागि नेपालले पहिले भारतको विश्वास जित्नुपर्ने हुन्छ । 

नेपालले कालापानी सीमको विषयमा विदेश सचिव स्तरको कुराकानीमा जोड दिएको छ अनि नयाँ नक्सालाई स्वीकृति दिलाउनका लागि संविधान संशोधनको पनि कोशिश गरिरहेको छ । तर कुराकानीका लागि नेपालले विश्वासको वातावरण बनाउन भारतले जोड दिएको छ । 

नेपालमा केपी ओली सरकारले नयाँ नक्सालाई स्वीकृति दिनका लागि संसदमा विधेयक प्रस्तुत गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसमा विचार गर्न थप समय मागेको छ भने मधेशी दलहरूले प्रस्तावित संशोधनमा उनीहरूको मागको समाधान पनि हुनुपर्ने बताएका छन् । 

नेपालमा यस विषयलाई गम्भीरताका साथ लिइएको र आफूले यसलाई नोटिस गरेको भारतको भनाइ छ । नेपालसँग लगातार कुराकानी भइरहेको उसको कथन छ । 

भारतका विदेशसचिव हर्ष शृंगलाले नेपाली राजदस्त नीलाम्बर आचार्यसँग भेटघाट गरिसकेका छन् । सूत्रहरूका अनुसार, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव पीयूष श्रीवास्तवले पनि आचार्यलाई धेरैपटक भेटिसकेका छन् र निरन्तर उनको सम्पर्कमा छन् । यसअघि नेपाल िसञ्चारमाध्यममा चाहिँ वरिष्ठ भारतीय अधिकारीले नेपाली राजदूतलाई भाउ नदिएको खबर आएको थियो । 

भारतीय विदेश मन्त्रालयले नेपालसँग गहिरो ऐतिहासिक, सांस्कृतिक र मित्रवत सम्बन्धलाई भारतले जोड दिएको बताएको छ । पीयूष श्रीवास्तवले कोभिड–१९ महाव्याधिको चुनौतीपूर्ण समयमा पनि भारतले नेपाललाई औषधि सहित अन्य जरूरी सामान निर्बाध रूपमा आपूर्ति गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x