कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
जेठ १६, २०७७
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गरी बनाइएको कार्यकारी आदेशमा बिहीवार हस्ताक्षर गरेका छन् । ट्विटरले उनका दुई ट्वीटलाई दिग्भ्रमित गराउनसक्ने भनी लेबल लगाइदिएपछि क्रुद्ध बनेका ट्रम्पले कार्यकारी आदेश ल्याएका हुन् ।
आदेशमा हस्ताक्षर गर्नुअघि ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिकी इतिहासमै अभिव्यक्ति स्वतन्त्रताले गम्भीर खतरा बेहोरेको भन्दै त्यसको प्रतिरक्षा गर्नलाई यो कदम चालिएको बताए ।
‘मुट्ठीभरका सामाजिक सञ्जाल एकाधिकारवादीहरूले अमेरिकामा सबै सार्वजनिक र निजी सञ्चारमा नियन्त्रण राख्ने गरेका छन् । उनीहरूसँग निजी नागरिक र विशाल सार्वजनिक प्रेक्षकहरूबीचको संवादलाई सेन्सर गर्ने, रोक्ने, सम्पादन गर्ने, लुकाउने, परिवर्तन गर्ने अनियन्त्रित शक्ति छ,’ ट्रम्पले भने ।
यो कार्यकारी आदेशले ह्वाइट हाउसको अधिकारक्षेत्रको परीक्षण गर्नेछ । यसले सन् १९९६ को कानूनको पुनर्व्याख्या गर्दै विशाल सामाजिक सञ्जाल प्लेटफर्महरूको शक्ति खुम्च्याउने प्रयास गरेको छ ।
कानूनविद्हरूले भने यस प्रस्तावका विषयमा गम्भीर चिन्ता प्रकट गरेका छन् । यसले पहिलो संशोधनले दिएको अधिकार हनन गर्ने खतरा रहेको र यसले सरकारका दुई अन्य अंगलाई किनारा पार्ने कोशिश गरेको उनीहरूको भनाइ छ ।
सामाजिक सञ्जालमा गलत सूचना प्रवाहको समस्या चर्किंंदै गएपछि कम्पनीहरू समस्यामा परिरहेको बेलामा ट्रम्पले उनीहरूविरुद्ध युद्ध शुरू गरेका छन् । यी साइटहरूले कन्जर्भेटिभहरूको आवाज दबाउने गरेको आरोप ट्रम्पले लगाउने गरेका छन् ।
बिहीवार ट्रम्पले कार्यकारी आदेशमा कानूनी चुनौती रहेको स्वीकार गरे र उनीहरूले मुद्दा हाल्ने विषयमा आफू ढुक्क रहेको बताए ।
सीएनएनबाट
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...