भारतसँगको सीमा विवादमा ट्रम्पको मध्यस्थतालाई चीनले गर्‍यो अस्वीकार

चीन र भारतबीच चलिरहेको सीमा विवादमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्तावलाई चीनले अस्वीकार गरेको छ । 

‘चीन र भारत संवाद तथा परामर्शमार्फत विवाद समाधान गर्न समर्थ छन्,’ चिनियाँ परराष्ट्रमन्त्रीका प्रवक्ताले बताए । 


Advertisement

चीन र भारत दुवैलाई आश्चर्यमा पार्दै ट्रम्पले एसियाका दुई ठूला मुलुकबीचको गतिरोध अन्त्य गर्न आफू तयार, इच्छुक र समर्थ रहेको भनी ट्वीट गरेका थिए । 

ट्रम्पको प्रस्तावमा प्रतिक्रिया दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवत्तला झाओ लिजियानले दुई देश सैन्य गतिरोध समाप्त पार्न तेस्रो पक्षको हस्तक्षेप चाहँदैनन् भने । 


Advertisement

‘चीन र भारतबीच सीमासम्बन्धी संयन्त्र र संवाद च्यानलहरू छन्,’ झाओले पत्रकारहरूलाई बताए । ‘हामी आपसमा रहेका विषयलाई संवाद र परामर्शमार्फत राम्ररी समाधान गर्न समर्थ छौं । हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन ।’

चीन र भारतबीचको वास्तविक नियन्त्रण रेखाका लद्दाख र सिक्किम क्षेत्रमा दुवै पक्षले भारी मात्रामा सैन्य तैनाथी गरेका छन् । यसबाट तनाव बढिरहेको र दुवै पक्ष आफ्नो अडानलाई थप मजबूत बनाइरहेको देखिएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्