उपचारार्थ अस्पताल लगिएकी महिलाको सुई लगाउनासाथ मृत्यु

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष प्रदिप मुल्मिकी श्रीमती मीरा मुल्मीका निधन भएको छ ।  

पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचारार्थ लगिएकोमा उनलाई दुखाई कम गर्ने सुई लगाउनासाथ मृत्यु भएको अाफन्त केशव खत्रीले जानकारी दिए ।


Advertisement

पोखरा ४ सिद्धार्थ चोक बस्ने ३६ वर्षकी मीरा शुक्रबार बिहानमात्रै पतिसँग मर्निङ वाक गई खाना पकाएर परिवारसमेतलाई खुवाएकी थिइन् । अस्पताल स्रोतले हृदयघातका कारण मृत्यु भएको दाबी गरे पनि परिवारजन मान्न तयार छैनन् ।

विवाद समस्या समाधानका लागि अस्पतालमा वार्ता चलेको छ । मुल्मी दम्पतीका एक छोरा र एक छोरी छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्