कर्णालीको नीति तथा कार्यक्रम - क्वारेन्टाइन व्यवस्थित बनाइने, प्रदेश यातायात सेवा सञ्चालन गरिने [पूर्णपाठ]

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले भारतबाट आएका नागरिकलाई व्यवस्थित क्वारेन्टाइनमा राखिने बताएका छन् ।

‘महामारीबाट जनतालाई सुरक्षित राखिने छ । बन्दाबन्दीलाई थप व्यवस्थित बनाइने छ । क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिलाई पालिकाले खानाको व्यवस्था गर्ने छ भने प्रदेश सरकारले उनीहरुलाई निर्वाह भत्ता उपलब्ध गराउने छ,’ उनले भने ।


Advertisement

उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिइने, सबै जिल्ला अस्पताललाई विशेषज्ञ अस्पताल बनाइने, दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने, जनसंख्या र भूगोलका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइने र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने बताए ।

नीति तथा कार्यक्रममा परीक्षणको दायरा र क्षेत्रलाई व्यापक विस्तार गरी समुदायस्तरसम्म पुर्याउने र परीक्षणबाट संक्रमित देखिएका बिरामीमध्ये सामान्य अवस्थाका बिरामीलाई जिल्लास्तरमा रहेको आइसोलेसनमा र गम्भीर अवस्थाका बिरामीलाई आई.सि.यू. सहितको तोकिएका अस्पतालमा उपचारको व्यवस्था मिलाइने उल्लेख छ ।


Advertisement

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश यातायात सेवा सञ्चालन गरिने पनि बताए । ‘कर्णाली प्रदेश यातायात सेवा’ सञ्चालनका लागि शेयर साझेदारी, अनुदान, सहुलियत ऋण तथा पुरक अन्तरकोष सहयोगमा आम जनताको शेयर स्वामित्व रहने गरी समाजवादी अवधारणामा पब्लिक कम्पनी वा सहकारी प्रणाली मार्फत प्रदेशको सार्वजनिक यातायात सेवालाई सुरक्षित, प्रतिष्पर्धी, गुणस्तरीय र सेवामुखी बनाउने नीति लिइने बताए ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ - 

 

 

 

 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्