पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेटका बारेमा धेरै खालका प्रतिक्रियाहरू आएका छन् ।
लोकान्तरसँग कुरा गर्दै कतिपय अर्थविदहरूले आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा उल्लेख गरेका कतिपय विषय वस्तु सह्रानीय रहेको र कतिपय कुराहरू कर्मकाण्डी रहेको बताए ।
बजेटका बारेमा लोकान्तरले विभिन्न अर्थशास्त्री, निजी क्षेत्रका उद्योग व्यवसायी र राजनीतिक नेताहरूसँग छलफल गरेको छ । हामीले बिहीवार निजी क्षेत्र र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको टिप्पणी लिएका थियौं ।
हेर्नुहोस् –
बजेटमा मिश्रित प्रतिक्रिया– आर्थिक वृद्धिदर ७ प्रतिशत हुने कुरा हावादारी !
निजी क्षेत्रको टिप्पणी : बजेटमा सबै चिज समेट्न खोजिएको छ, तर स्पष्ट छैन
शुक्रवार हामीले बजेटका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्थविद् डाक्टर डिल्लीराज खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर तिलकबहादुर रावल र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग कुराकानी गरेका छौं ।
दीपेन्द्रबहादुर क्षेत्री, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
राम्रो कुराबाट शुरू गरौं । कोभि– १९ ले पारेको प्रभावलाई नीति तथा कार्यक्रमले उन्मुलन नै गरिनेछ भनेको छ ।
त्यसका लागि बजेटमा केही व्यवस्था गरिएको छ । तर भाइरसको प्रकृति हेर्दा यो उन्मुलनभन्दा पनि सबै नेपालीहरूको परीक्षण गरिनेछ भनेको भए राम्रो हुने थियो । अमूर्त रूपले मात्र कुराहरू गरियो ।
विदेशबाट फर्केकालाई परीक्षण गर्ने व्यवस्था मिलाएको छु भनिएको छ । यदि त्यो भारतबाट र आकाशबाट आउनेहरूकै हकमा हुने हो भने राम्रो हो ।
यसका पूर्वाधारहरू विकास गर्ने क्रममा संक्रामक रोगसम्बन्धी अस्पतालहरूमा ९०/९१ अर्ब खर्च गर्ने भनिएको छ जुन राम्रो कुरा हो । त्यो रकमले रोजगारी सिर्जनाका विषयहरू सम्बोधन गर्दैन । तर पहिलो प्राथमिकता स्वास्थ्यलाई दिनुपर्छ भन्ने जुन बोध भयो, त्यो राम्रो पाटो हो ।
सरकारी सेवामा बसेकाहरूले लगाउने पोशाक अनिवार्य रूपमा नेपालमा बनेको हुनुपर्छ भन्ने कुरा असाध्यै राम्रो हो ।
रोजगारी गुमाएका, सेवा व्यवसायहरू बन्द गरेर बसेकाहरू सरकारी पोशाक बनाउनतिर लाग्ने भयो ।
सिस्नो, गाँजा जस्ता वनस्पतिहरूको रेशाबाट कपडा बनाउन सकिन्छ ।
कृषि उत्पादनलाई प्रोमोट गर्ने, बजारीकरण गर्ने जस्ता कुराहरू पनि आएका छन् ।
मितव्ययिताका कुराहरू छन् । भत्ता कटौती, गाडी आयात निरुत्साहन जस्ता कुराहरू राम्रो भन्न मिल्छ ।
बजेटमा आएका नराम्रा कुराहरू हेर्ने हो भने सांसदहरूको कोषमा दिइएको रकम ठीक भएन । यो संघीयताविरोधी प्रोभिजन पनि हो । बरू त्यो पैसा स्थानीय निकायलाई दिएको भए स्वास्थ्य पूर्वाधारहरू बढाउन सकिन्थ्यो ।
अर्को एक वर्षमै पूरा हुने पूर्वाधारहरूलाई एकलब्य ध्यान दिएर पूरा गर्ने दिशातर्फ जानुपर्थ्यो ।
५ वर्षमा पूरा गरिनेछ भनेर त्यसमा पैसा छर्नु ठीक भएन । छिटै पूरा नहुने मदन भण्डारी राजमार्ग, पुष्पलाल मार्ग, रेलजस्ता कुराहरूमा बजेट नछरेको भए हुन्थ्यो ।
बुढीगण्डकी जस्ता परियोजनालाई हल्लाइएको छ । पश्चिम सेती त्यस्तै छ । यो संकटको बेलामा त्यस्ता आयोजनाहरूमा बहुलठ्ठी पूर्ण निर्णय नगर्नुपर्थ्यो ।
अर्को यो साक्षरता अभियान पनि भनेको छ । २०६४/६५ देखि त्यो भनिने गरेको रहेछ । शिक्षा मन्त्रालयमा वर्षौंदेखि एउटा समूहले यसैबाट जिविका चलाएको जस्तो देखियो । यस्ता कुराहरूलाई रोक्न सक्नुपर्थ्यो ।
सबैभन्दा जटिल पाटो भनेको कार्यान्वयनको पाटो हो । सरकारलाई त्यसका लागि अग्रिम शुभकामना छ मेरो ।
तिलकबहादुर रावल, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक
यो बजेटको राम्रो पक्ष के हो भने सरकार र अर्थमन्त्रीले इमान्दारिता देखाए । देउवा सरकारले ल्याएको बजेटदेखि अहिले आफ्नो बजेट ल्याउँदा पनि यो सरकारले अर्धवार्षिक समीक्षा गरेर पूँजीगत खर्च कटौती गरेको छ ।
बजेटमा उल्लेख गरिएको रकम खर्च गर्न सकिँदैन भन्ने महसूस गरेको छ, जुन राम्रो कुरा हो । चालू बजेटमा खर्च पनि कटौती गरिएको थियो । वर्षको अन्त्यतिर आउँदा चालू बजेटमा पनि कटौती गरिएको थियो ।
त्यही हिसाबले कटौती गर्ने तर हरेक साल बजेट बढाउँदै लैजाने जुन परिपाटी थियो, त्यो अहिले क्रमभंग भएको छ ।
यो चालू आर्थिक वर्षको राउण्ड अप गर्दा नयाँ बजेट १५ सय ३३ अर्बभन्दा माथि आउने अपेक्षा गरिएको थियो, जसमा क्रमभंग भयो । सबैको अनुमान के थियो भने बजेट १५ सय ३३ अर्ब भन्दा माथि नै आउला भन्ने थियो ।
यस्तो परिप्रेक्षमा धेरै राहत लगायतका अपेक्षा थिए । बजेट खर्च गर्न नसक्ने तर बजेट बढाउँदा जनताले के भन्लान् भन्ने महसूस गर्यो । अर्को कुरा प्रतिपक्षी दल कांग्रेसलाई पनि ठूलो बजेट ल्याउला भन्ने चिन्ता थियो । त्यसको पनि सम्बोधन भयो । सरकारको इमान्दारिता राम्रो पक्ष हो ।
अरू कुरा गर्ने हो भने यो आर्थिक संकट आउँदो हप्ता महिनाहरूमा अझ चुलिनेवाला छ । यस्तो बेलामा यो प्रकारको बजेटले यो आर्थिक संकटलाई साँच्चिकै सम्बोधन गर्ला त भन्ने मेरो शंका छ ।
हाम्रो सरकारले यस्ता राहतका खास क्रियाकलाप र कार्यक्रम नल्याएको बेलामा बजेटमै सम्बोधन गर्ला भन्ने अपेक्षा थियो । कोरोनाले संकटमा पारेको अर्थव्यवस्थालाई माथि उकास्ला भन्ने जुन आमअपेक्षा थियो, त्यसमा तुषारापात भयो ।
कुनैपनि क्षेत्रले बजेटले हामीलाई ठूलो राहत दियो भनेर उत्साहित हुनुपर्ने अवस्था देखिएन ।
बजेटले प्राथमिकता निर्धारण गरेर कहीँ पनि फोकस गरेको देखिएन । कनिका छरेजस्तो देखियो ।
तत्काल सम्पन्न नहुने आयोजनामा पनि पैसा छरियो ।
रेल र पानीजहाज जस्ता कुरा पनि देखिन्छन् । प्राथमिकता केमा हो भन्ने अलिकति प्रस्ट हुन सकेको देखिँदैन ।
आन्तरिक श्रमबजारमा करीब ५ लाख थपिन्छन् प्रत्येक वर्ष । अहिले विदेशबाट ५ लाख जति आउने मेरो अनुमान छ । कमसेकम १० लाखका लागि रोजगारी सिर्जना गर्न सक्ने खालको बजेट आउनुपर्छ भन्ने अपेक्षा थियो ।
केही मात्र परियोजनामा फोकस गरेर त्यसबाट रोजगारी सिर्जना गर्नेतर्फ जानुपर्थ्यो । प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब जति राखेको छ । त्यो पहिला जस्तो झार उखेल्ने, बाँदर धपाउने काममा प्रयोग भयो भने त त्यसको कुनै अर्थ रहेन । अहिले चुनौतीपूर्ण स्थितिमा हामी छौं । यस्तो बेलामा कर्मकाण्डी बजेट आयो ।
स्वास्थ्यमा यो, त्यो गर्ने भन्ने उल्लेख छ । कृषिका केही उत्पादनमा आत्मनिर्भर हुने भनिएको छ । यो त सबै बजेटमा भन्ने गरिएको थियो । पहिला पनि हामी धान निकासी गर्ने स्थितिमा पुग्छौं भनिएको थियो । ती मन्त्री हरि पराजुली हिलो खेल्दा खेल्दै गए । तर चामलको आयात बढेकोबढ्यै छ ।
साधारणतया यस्तो स्थितिमा पूँजीगत खर्च बढेको हेर्न चाहन्छन् । चालू आर्थिक वर्षमा पनि पूँजीगत खर्च कटौती भएको छ । कूल बजेट रकम पनि कटौती भएको हो । यो बेलामा खर्च धेरै हुन सक्दैन भनेर पूँजीगत खर्च कटौती गरेको होला ।
त्यसमा पनि कर्मचारीको भत्ता के–के कटौती गर्ने भन्ने कुरा आएको छ, त्यसमा एउटा कुरा के हो भने बजेट कार्यान्वयन गर्ने त कर्मचारीले नै हो । चालू खर्च त बढेकै छ । यसलाई धेरै कटौती गर्न सक्ने स्थिति पनि छैन होला ।
यो असाधारण परिस्थितिमा कर्मकाण्डीभन्दा पनि अलि भिन्न हिसाबले आएको भए राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ हो ।
डा. डिल्लीराज खनाल, अर्थविद्
बजेटले धेरै विषय समेटेको छ । स्वास्थ्य, मानवीय संकट र अर्थतन्त्र संकटका बारेमा केही गर्न खोजेजस्तो मलाई लागेको छ । बजेटलाई संकटको वरिपरि केन्द्रित गरिएको छ ।
हस्पिटल, प्राविधिक क्षमता विस्तार, डाक्टर नर्स मोबिलाइजेसन गर्ने हिसाबले बजेट आएको छ ।
बजेट कोरोनालक्षित देखिन्छ । रोग प्रतिरोधात्मक गर्ने हिसाबले आएको छ । यी बजेटका सकारात्मक पक्षहरू हुन् ।
बिजुली, पानी जस्ता महसूलहरूमा छूट दिने भनिएको छ । यसले आमजनतालाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ ।
उद्योग व्यवसायका पुन:संरचनाका लागि लागि ५० अर्ब र १ खर्बबराबरको पुनर्कर्जाको विषय पनि सकारात्मक हो । ब्याज र कर छूटका विषयहरू पनि छन् । सामाजिक आर्थिक पहलकदमी लिएको जस्तो देखिन्छ ।
तर यो बेलामा बजेट साहसिक र निर्मम हुनुपर्थ्यो, त्यो भएन । बजेटले जोखिम बहन गरेको छैन । खर्चको आकार बढ्दै जाने अवस्थालाई चेक एण्ड कन्ट्रोल गर्ने हिसाबले आउनुपर्थ्यो । सिंगो अर्थतन्त्र पुनः संरचना गरेर जानुपर्थ्यो ।
विभिन्न कामहरूलाई नतिजामुखी बनाइनेछ भन्नुको सट्टा नतिजामुखी बनाइएको छ भन्नुपर्ने थियो । परिपाटीगत हिसाबले सुधार भएन ।
बजेटमा आयोजना र परियोजनामा खर्च विकेन्द्रित गरियो । अहिले पूरा हुने आयोजनालाई प्राथमिकता दिएर पछि पूरा हुने आयोजनाको बजेट कटौती गर्न सक्नुपर्थ्यो, त्यो देखिएन । धेरै पुराना कार्यक्रमलाई निरन्तरता दिएर बजेट विकेन्द्रित गरियो । ‘फोकस डाइलुट’ भयो । यसको कार्यान्वयन गर्न चुनौतीपूर्ण छ ।
स्थानीय तहले धेरै समन्वय गर्न सक्थ्यो । तर स्थानीय तहमा हुने सा-साना आयोजना परियोजनाको जिम्मा पनि केन्द्रले नै लिन खोजिरहेको छ । ५० प्रतिशतभन्दा बढी काम स्थानीय तहलाई गराउन सकिन्थ्यो । नीति तथा कार्यक्रम संघबाटै आउनु राम्रो होइन । राजस्व, वैदेशिक ऋण र आर्थिक वृद्धिदरमा ठूलो महत्त्वाकांक्षा देखियो । व्यावहारिक देखिएन ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...