×

NMB BANK
NIC ASIA

पेट कहिले भरिन्छ ?

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

-  युवराज मैनाली

Sagarmatha Cement
Muktinath Bank

                        जे खाए पनि 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

                        जति खाए पनि 


Advertisment
Nabil box
Kumari

                        कहिल्यै नअघाउने 

Vianet communication
Laxmi Bank

                        हे अगस्ति ! 

                        भन त, 

                        कति खाएपछि ? 

                        के खाएपछि ? 

                        तिमी अघाउॅंछौ ?

                                    ***

पाखा र पर्वत खायौ 

जल र जमिन खायौ 

बारी र खेत खायौ 

आली र माली खायौ 

 बाली- नाली खायौ 

चरन चपायौ 

वन खायौ 

तन चिमोठ्यौ 

मन निमोठ्यौ 

भान्छे भएर मान्छे खायौ 

चितुवालाई जित्यौ 

मुटु - कलेजो निल्यौ 

रगतमा पौडी खेल्यौ 

रगतैले तिर्खा मेट्यौ 

तैपनि तिमी 

सधैं भोकै छौ 

तिर्खाले आकुल-व्याकुलै छौ 

हे , अगस्ति ! 

भन त , 

कति खाएपछि ? 

के खाएपछि ? 

तिमी अघाउॅंछौ ? 

                         ***

                        बगर खायौ 

                        नहर खायौ 

                        ढुंगा खायौ 

                        गिटी खायौ 

                        सिमेन्ट खायौ 

                        बालुवा खायौ 

                        सडक र गल्ली खायौ 

                        पेट्रोल र डिजेल खायौ 

                        डोजर र अलकत्रा खायौ 

                        दुध र तेल खायौ 

                        बस र ट्रक पचायौ 

                        विमान र हेलिकप्टर निल्यौ 

                        सुन खायौ 

                        चन्दन चपायौ ! 

                        अचम्म लाग्छ ! 

                        अझै भरिॅंदैन 

                        तिम्रो पेट !! 

                        ***

तराईका फाँट र पहाडपर्वतहरू 

बस्तीका मानव र असंख्य जीवहरू 

पसिसके तिम्रै पेटभित्र 

तैपनि 

तिमी अघाउॅंदै अघाउॅंदैनौ 

कस्तो अचम्म ! 

            ***

            कोरोनाका कहरहरू 

            थाती राखेर 

            अझै फैलाइरहेका छौ 

            आफ्ना लामा हात ! 

   ***

आस्था, नैतिकता र इमान 

सबै सबै बिर्सिएर 

धेरै धेरैका 

निद्रा , सपना र बिपना 

निलिसक्यौ 

पचाइसक्यौ 

आश्चर्य ! 

तैपनि तिमी अघाउॅंदैनौ !! 

    ***

भन त ए , अगस्ति ! 

‘ब्ल्याकहोल’ जस्तो 

रहस्यमय र अनौठौ 

तिम्रो त्यो विशाल पेट 

केले भरिन्छ ? कहिले भरिन्छ ! ? 

      ****

धुम्बाराही , काठमाडौ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x