×

NMB BANK
NIC ASIA

भारतबाट कर्णाली आउने नागरिकहरूको लावालस्कर लाग्न अझै रोकिएको छैन ।

Muktinath Bank

चामुण्डा विन्द्रासैनी नगरपालिका ५ दैलेखका पदम विश्वकर्मा भारतको उत्तराखण्डमा ज्याला मजदुरी गर्न गएका थिए । लकडाउनका कारण उनलाई त्यहाँ काम गर्ने वातावरण मिलेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी १ महिना पहिले नै घर फर्कने मौका कुरेर बसेका थिए । ‘भारतमा रहँदा रोग र भोकले मरिन्छ कि भन्ने डरका कारण हामी गाउँ फर्किएका हौं,’ लोकान्तरसँग फोनमा कुरा गर्दै उनले भने, ‘खाली हात भए पनि फर्कन पाएका छौं । यसमा खुशी लागेको छ तर भाडा भने अचाक्ली लिइएको छ ।’


Advertisment
Nabil box
Kumari

अन्य समयमा महेन्द्रनगरदेखि चामुण्डा विन्द्रासैनीको जबमुकाँधसम्म आउँदा ११ सय भाडा लाग्ने गरेपनि अहिले ५ हजार तिर्नु परेको उनको गुनासो छ ।

Vianet communication
Laxmi Bank

‘५ हजार नदिएसम्म गाडी अगाडि बढाउन मानेनन्,’ उनले भने, ‘बरु भोकै यात्रा गरौंला भन्दै भएको सबै गाडी भाडा दिएर घर आयौं ।’

आफूहरूले चर्को भाडा तिरेपनि कसैले कति तिरेको भनेर नसोधेको उनको गुनासो छ । ‘सरकार छ भन्थे, तर हामी जस्ता गरिबलाई लुट्नेहरूलाई कसैले केही गर्दा रहेनछन् । ५ हजार रुपैयाँ तिरेर घर फर्कनुपरेको छ,’ उनले भने ।

दैलेख आठबीस नगरपालिका वडा नम्बर ६ का रंगराज पुरी मुम्बईबाट ४ दिन पहिले मात्रै घर फर्किए । उनी नेपालगञ्ज भएर आएका हुन् । नेपालगञ्जबाट उनले २ हजार रुपैयाँ भाडा तिरेर आए ।

‘अन्य समयमा यात्रा गर्दा ७ सय तिर्ने गरेका थियौं,’ उनले भने, ‘तर यो पाली २ हजार तिर्नुपर्दा मन पोलिएको छ ।’

उद्धार गरिनु राम्रो भएपनि भाडादर कायम गरेर मात्रै नागरिकलाई ल्याउनु पर्नेमा राज्य त्यसमा चुकेको उनको भनाइ छ । ‘कम्तिमा राज्यले कहाँको कति भाडा लिने भन्ने कुरा टुंगो लगाइदिनु पर्ने हो,’ उनले भने, ‘तर यहाँ व्यवसायीको मनमर्जी चलेको छ । जसले जति भाडा लगेपनि कसैलाई केहि वास्ता छैन । मर्ने त आखिर हामी जस्तै सोझा साझा त हौं नि ?’

चौकुने गाउँपालिका ५ सुर्खेतका रमेश शाहीले नेपालगञ्ज देखि सुर्खेत आउँदा आठ सय तिरे भने वीरेन्द्रनगर देखि गुटु जाँदा ५ सय तिरे । नेपालगञ्ज सुर्खेत भाडा सामान्य समयमा साढे २ सय हो भने वीरेन्द्रनगर गुटुको भाडादर २ सय हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यो अवस्थामा अन्यत्र जिल्लाबाट नै वयवस्थापन भई हजारौं नागरिकहरू कर्णाली आइरहेको बताए । ‘जुन जिल्लामा उहाँहरू आउनुभएको छ, उतैको संयन्त्रले कर्णाली बस खोजेर पठाउने गरेको छ । संकटको बेलामा उहाँहरूले व्यवस्थापन गर्नुभएको छ,’ उनले भने, ‘यहाँबाट खासै यात्रुको उद्धार गर्नु नपरेका कारण भाडाका बारेमा हामीले केहि गरेका छैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x