×

NMB BANK
NIC ASIA

एमसीसी संसदबाट अनुमोदन नहुँदासम्म कामहरू रोक्ने नेकपाको निर्णय

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदबाट पारित नहुँदासम्म त्यससम्बन्धी कामहरू रोक्ने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले संसदबाट पारित नगर्दासम्म गर्न नहुने कामहरू रोक्ने समझदारी बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसीका योजना आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको अनुसूचीमा समावेश भएपछि नेकपाभित्र विवाद देखिएको छ । सचिवालय बैठकमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसी शीर्षकको योजनाबारे आवश्यक स्पष्टताको निम्ति छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘एमसीसी सम्झौताबारे प्रस्ताव संसदमा विचाराधीन छ, त्यसैले बजेटको त्यो व्यवस्था पनि त्यसअन्तर्गत नै हुने कुरा स्पष्ट पारियो । अर्थात् सम्मानीय प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुभए अनुसार नै एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यसअनुसार हुने र यदि संसदले त्यसअनुसार अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले पनि स्पष्ट पार्नुभएको छ र संसदमा त्यसै अनुसार स्पष्टता पार्ने जानकारी गराइएको छ,’ बैठकका निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने ।

Vianet communication
Laxmi Bank

एमसीसी समग्र सम्झौताबारे पार्टीले गठन गरेको कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदन अध्ययन गरे छिट्टै सचिवालयको बैठकमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुगिने समझदारी बनेको समेत श्रेष्ठले बताए । ‘त्यस अनुसार अध्यक्ष कमरेडहरूले आपसमा छलफल गरेर सचिवालय बैठकको मिति तय गर्नुहुनेछ,’ उनले भने, ‘यस प्रकारको अनुमोदन नभइसकेको अवस्थामा एमसीए अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि मात्रै गर्न सकिने काम छ, त्यस कामलाई अनुमोदन भएपछि गर्ने, त्यसबाहेकका अरु कामहरू अनुमोदन नहुँदासम्म नगर्नुपर्ने कामहरू छन् भने त्यसलाई रोक्ने समझदारी भएको छ । प्रधानमन्त्रीले बुझेर त्यसबारे आवश्यक निर्देशन दिनुहुनेछ ।’

बजेटमा समावेश भएका एमसीसीका योजनाहरू संसदले गर्नुपर्ने सम्झौता अनुमोदनसँग सम्बन्धित रहेकाले त्यसै अनुसार हुने प्रवक्ता श्रेष्ठले बताए । ‘एमसीसी जो बजेटमा उल्लेखित छ, एमसीसी सम्बन्धित सम्झौता संसदमा नै विचाराधीन भएकाले त्यसको अनुमोदन हुने वा नहुने संसदले जे फैसला गर्छ, त्यही अनुसार हुने,’ श्रेष्ठले भने ।

एमसीसीबारे छलफल गर्न आयोजित बैठकमा नेकपाको एमसीसी अध्ययन कार्यदलका सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी समेत आमन्त्रित सदस्यको रुपमा थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x