×

NMB BANK
NIC ASIA

महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन पारित

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आफ्ना वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

समितिको शनिवारको बैठकले वार्षिक प्रगतिको मस्यौदा प्रतिवेदन संशोधनसहित पारित भएको सभापति निरुदेवी पालले जानकारी दिइन् । पारित प्रतिवेदन प्रतिनिधि सभाको आगामी बैठकमा पेश गरिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता र सामाजिक कार्यक्षेत्र रहेको समितिले गएको १ वर्षमा कार्यसम्पादन गर्ने क्रममा धेरै महत्त्वपूर्ण विषयमा छलफल गरी विभिन्न समयमा सरकारलाई अनुरोध र निर्देशन गरेको थियो । मुलुकको सुदूरपश्चिमको कर्णाली क्षेत्रमा कुप्रथाका रुपमा रहेको छाउपडीका गोठ हटाउन सफल भएको विषयलाई प्रतिवेदनमा प्रमुख उपलब्धिका रुपमा लिइएको छ ।


Advertisment
Nabil box
Kumari

ती कार्यले मानसिकरुपमा छाउगोठ भत्काउन अझै बाँकी रहे पनि भौतिक रुपमा छाउगोठ समाप्त गरेको उल्लेख छ । समितिले यस अवधिमा ज्येष्ठ नागरिक विधेयक पारित गरेको थियो । विधेयकमा ज्येष्ठ नागरिकको योग्यता, ज्ञान, सीप र क्षमतालाई पुस्तान्तरण गर्न ज्ञान केन्द्र स्थापना गर्ने उल्लेख छ । स्थानीय तहले ज्येष्ठ नागरिकको पालन पोषण र हेरचाहसम्म गर्ने कुरा विधेयकमा समेटिएको उनले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

एकल महिला सामाजिक सुरक्षाभत्ताका विषयमा समितिले दिएको निर्देशनलाई सरकारले तत्काल सच्याएको तथा बालगृहमा भइरहेका बेथिति अन्त्यका लागि गरेको प्रयासपछि ७० भन्दा बढी बालगृह खारेजी भएका विषयलाई पनि प्रतिवेदनमा उपलब्धिका रुपमा समेटिएको छ ।

अपाङ्गता र बालबालिकाको हकहित अधिकारका लागि देशभरका बालमन्दिरका संरचना स्वामित्वमा लिने, नियमन गर्ने र त्यहाँ रहने बालबालिकाको पालन पोषणलगायतका कार्यको दायित्व सरकारले लिनुपर्ने विषयमा पनि समितिले निर्देशन दिएको थियो । सो निर्देशन हाल कार्यान्वयनको चरणमा रहेको छ ।

समाज कल्याण परिषद्लाई पनि राम्रो गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारीको नियमन गरी दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइका साथ अघि बढाउन समितिले दिएका निर्देशनलाई सरकारले आत्मसात् गरेको छ । यसअघि बैठकमा सदस्यहरूले २१ औं शताब्दीमा पनि जातीय विभेदको कहालीलाग्दो घटना रुकुममा भएकाले आगामी दिनमा यस्ता घटनालाई दोहोरिन नदिनेतर्फ सरकारलाई सजग र सचेत गराउन निर्देशन दिन आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।

सांसद विमला विकले घटनामा जुन वर्ग र समुदाय पीडित छ, उसैले मात्रै आवाज उठाउनुपर्ने अवस्था अन्त्य गर्न तथा यस्ता मानवता विरोधी घटनाबारे समितिले गहन छलफल गरी निर्देशन दिन आवश्यक रहेको बताइन् । सांसद अमृता थापामगर र गंगा चौधरी सत्गौवाले कानून भनेको कुनै वर्ग र समुदाय विशेषलाई हेरेर कार्यान्वयन हुने हो कि भनी प्रश्न गर्दै सुत्केरी अस्पताल नपुगी मृत्यु हुने र घरेलु हिंसा खेप्नुपर्ने अवस्था अब सदाका लागि अन्त्य गर्नुपर्नेमा आवश्यकतामा जोड दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x