‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाको लक्की ड्र सम्पन्न

डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत २०७७ जेठ ९ गतेदेखि जेठ १५ गतेसम्म ‘फन्ड ट्रान्सफर’बाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ ।

योजना अनुसार जेठ १६ गते शुक्रवार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।


Advertisement

योजना अनुसार २ जना भाग्यशाली विजेताले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको सीएएस आईडी नम्बर ०२५५८२०६२८९ र ७१९०२५६४३०२ लाई विजेता घोषणा गरिएको छ ।

विजेतालाई प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ । विजेतालाई डिशहोमको तर्फबाट धेरैधेरै बधाई दिइएको छ ।


Advertisement

आगामी लाइभ लक्की ड्र २०७७ जेठ २३ गते शुक्रवार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ जेठ १६ गते शुक्रवारदेखि जेठ २२ गते बिहीवारसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई जेठ २३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्