माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जेठ १७, २०७७
कर्णाली प्रदेशका स्थानीय पालिकामा निर्माण गरिएको क्वारेन्टाइन नाम मात्रका देखिएका छन् ।
सामुदायिक विद्यालय भवनको प्रयोग गर्दै आइरहेको स्थानीय पालिकाहरूमा भारतबाट आउने नागरिकको संख्या बढदै गएपछि खुला चौरमा पाल टाँगेर क्वारेन्टाइन निर्माण गर्न थालिएको छ ।
दैलेखका अधिकांश स्थानीय तहमा रहेका विद्यालय भारतबाट आएका नागरिकहरूले भरिभराउ भएका छन् भने एकै कोठामा सामाजिक दुरी कायम गर्नु भन्दा पनि कोचाकोच गरेर राखिएको पाइएको हो ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ७ मा विद्युत प्राधिकरणको भवनमा शनिवार बिहान एक युवाको मृत्यू भएपछि क्वारेन्टाइनमा बसेकाहरू आतंकित भएका छन् ।
‘हामीमा अहिले अत्यन्तै त्रासको बातावरण बनेको छ । एक जना युवा हाम्रै आँखा अगाडि बित्नु भएको छ,’ दुल्लु नगरपालिका ८ का सन्देशसिंह ठकुरीले भने, ‘न यहाँ पर्याप्त पानीको व्यवस्था छ, न मास्क दिइएको छ न त स्यानिटाइजर नै उपलब्ध गराइएको छ ।’
२ छाक खाना र एक पटक नास्ता भने पाइरहेको उनको भनाइ छ । ‘गोठमा हुले जसरी हामीलाई यहाँ राखिएको छ । सुरक्षा सावधानीबारे कसैले केही जानकारी दिएका छैनन् । स्वास्थ्यकर्मी कोही पनि यहाँ आएका छैनन्,’ पाँच दिन अघि मात्रै उक्त क्वारेन्टाइनमा बस्न आएका ठकुरीले आक्रोश पोख्दै भने, ‘कम्तिमा हामीलाई कोरोनाबारे जनचेतना दिने, पानीको व्यवस्था गर्ने र सामाजिक दूरीसहितको बसाई व्यवस्थापन गर्नुपर्ने थियो । यसतर्फ कसैले पनि सोचेका छैनन् ।’
त्यहि क्वारेन्टाइनमा बस्दै आइरहेका अर्का युवाले भने, ‘हामीलाई कम्तिमा नागरिक जसरी व्यवहार गरिनु पर्थ्यो ।’ अहिलेसम्म केही पनि जाँच नभएको उनको भनाइ छ । ‘क्वारेन्टाइनमा बसेकाहरूको नियमित स्वास्थ्य जाँच गर्ने भन्ने कुरा सुनेका थियौं,’ उनले भने, ‘आज एक जनाको मृत्यु भएपछि मात्रै हामीले स्वास्थ्यकर्मी देख्न पाएका छौं । न सुरक्षा छ न त सहि व्यवस्थापन छ ।’
युवाको मृत्यू भइसकेपछि के कारणले भएको हो भन्नेमा आफुहरू त्रसित बनिरहेको उनको गुनासो छ ।
दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नम्बर ५ चिउरीखेतमा निर्माण गरिएको क्वारेन्टाइनमा गहुँको नलको ओछ्यान बनाएर भारतबाट फर्किएका नागरिक सुत्दै आएका छन् ।
गाउँपालिकाले पुरानो गाविस भवनलाई क्वारेन्टाइन बनाएको थियो । क्वारेन्टाइनमा बसेकाले खानाको व्यवस्थासमेत राम्रो नभएको गुनासो गरेका छन् ।
नाम मात्रका क्वारेन्टाइन
दैलेखको ठाँटीकाँध गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा नल ओच्छ्याइएको छ। अन्य पालिकामा निर्माण गरिएका क्वारेन्टाइनको अवस्था पनि दयनीय नै छ ।
क्वारेन्टाइनमा बस्दा अनेकौं सास्ती भोग्नुपरेको ठाँटीकाँध गाउँपालिकाका इन्द्रजंग शाहीले बताए । ‘ओछ्यान पनि थिएन, गाउँलेसँग मागेर नलको व्यवस्था आफै गरेका हौं,’ उनले भने, ‘कहिलेकाँही त रातभरि जाग्राम बस्छौं । होम क्वारेन्टाइनमा बस्न दिए बरु सुरक्षित भइन्थ्यो ।’
क्वारेन्टाइनमा बस्दा झनै रोगले थला परिने जोखिम बढेको उनको गुनासो छ ।
नारायण नगरपालिका–४, सोतस्थित महेन्द्र माध्यमिक विद्यालयमा सामान्य चेकजाँच गर्न पनि स्वास्थ्यकर्मी पुगेका छैनन् । चेकजाँच नहुँदा संक्रमणको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
विद्यालयलाई ५ दिनअघि क्वारेन्टाइन बनाइएको थियो । ‘न समयमा खाना छ न चेकजाँच,’ क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाले भनिन्, ‘बिजुली सुविधा नहुँदा अँध्यारोमै रात बिताउँछौं ।’
उनले एउटै कोठामा २२ जनालाई राखिएको गुनासो गरिन् । उनका अनुसार विद्यालयका ४ कोठामा ७९ जनालाई कोचाकोच राखिएको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...