×

NMB BANK
NIC ASIA

सात लाख रोजगारी सिर्जनाको लक्ष्य

जेठ १८, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ ।

Muktinath Bank

विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा यसका कार्यक्रम र अन्य नीतिगत व्यवस्थाबाट कम्तीमा सात÷आठ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइएको छ । उनका अनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको मुख्य प्राथमिकतामा रोजगारी सिर्जना परेको छ ।


Advertisment
Nabil box
Kumari

बन्दाबन्दीका कारण श्रम बजारमा भइरहेको उथलपुथललाई आफ्नो अनुकूल हुनेगरी तयारी गर्ने समय आएको श्रमविज्ञहरूको मत छ । रोजगारविज्ञ गणेश गुरुङका अनुसार अहिले आन्तरिक र विश्व श्रम बजारको नयाँ आयाम पूर्ण सदुपयोग गर्ने अवसर नजिकिँदै छ । “अहिलेको उथपुथलको अवस्थालाई नयाँ प्रस्थान बिन्दु बनाउन सकिन्छ,” उनले भने । अहिले युवा सहर छाडेर गाउँगाउँमा पुगेका छन् । स्थानीय सरकारले उनीहरूलाई व्यावसायिक कृषि वा अन्य उद्यममा आकर्षण गर्नुपर्ने उनको सुझाव छ ।

Vianet communication
Laxmi Bank

बजेटले पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम बनाएको देखिन्छ । गत वर्षदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय विकासतर्पm केन्द्रित गर्ने सोचमा सरकार रहेको छ । खतिवडा भन्छन्, “यो कार्यक्रमबाट मात्रै दुई लाख रोजगारी सिर्जना हुने सरकारको लक्ष्य छ । ” हाल निष्क्रिय रहेको गरिबी निवारण कोषको करिब १९ अर्ब रुपियाँ पनि रोजगारी सिर्जनामा केन्द्रित गर्नेगरी परिचालन गर्ने योजना सरकारको छ । देशभरमा करिब ३२ हजार सामुदायिक संस्थाले सहकारीमार्पmत यो रकम परिचालन गरेर करिब एक लाख ५० हजार रोजगारी थप गर्न खोजिएको छ ।

उता विश्व बैङ्कमार्पmत प्राप्त हुने तीन अर्ब २० करोड ऋणलाई पनि साना किसान विकास बैङ्कमार्पmत परिचालन गरेर ४० हजार जनालाई थप रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको देखिन्छ । लघुउद्यम क्षेत्रका कार्यक्रमहरूबाट पनि सवा लाख रोजगारी सिर्जना हुने अपेक्षा छ ।

त्यस्तै विभिन्न अवधिका नयाँ प्राविधिक तथा व्यावसायिक तलिम दिने र त्यसमार्पmत एक लाख रोजगारी सिर्जना गर्न खोजिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । वन पैदावारमा आधारित कार्यक्रमबाट ३० हजार र नवप्रवर्तन कोषमार्पmत दुई हजार रोजगारी सिर्जना हुने अनुमान सरकारको हो । विदेशमा रोजगारी गुमाएर आउने युवाका लागि स्वदेशमै उद्यामशीलता प्रवद्र्धन गराउने सोच सरकारको देखिन्छ । सरकारले युवालाई सीपयुक्त तालिम रोजगारस्थलमै दिने योजना पनि सरकारले बनाएको छ ।

बेरोजगार जनशक्तिलाई कार्यस्थलमै तालिम (ओजेटी) दिलाउन सरकारले समेत लगानी गर्दै छ । निजी उद्योग र प्रतिष्ठानमा काम गर्दा पनि तीन महिनासम्म आधारभूत तलबको ५० प्रतिशत सरकारले नै बेहोर्ने छ । यस्ता तालिम लिएका व्यक्तिलाई ती प्रतिष्ठानहरूले कम्तीमा दुई वर्षको रोजगारी सुनिश्चितता दिनुपर्ने पनि यसको प्रावधान छ ।

नेपाली श्रमका लागि विदेश जाने मात्र होइन ठूलो सङ्ख्यामा विदेशी श्रमिक नेपाल आएर काम गर्ने गरेका छन् । अहिले त्यस्ता विदेशी श्रमिक अधिकांश स्वदेश फर्किएका छन् । ती स्थानमा नेपालीलाई नै राख्ने सोच पनि सरकारको रहेको छ । यो कार्यान्वयन हुनसक्यो भने मात्रै पनि कम्तीमा चार लाख रोजागरी नेपालीका लागि थप हुने अनुमान छ ।

महामारीपछि फेरिएको श्रम बजारको अवस्थाबाट पनि प्रचुर लाभ लिन सकिने गुरुङ देख्छन् । महामारीलगत्तै कहाँ कस्तो अवस्थामा रोजगारी हुने अवस्था छ र त्यो मागलाई नेपालीको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कूटनीतिक नियोगदेखि सरोकारवाला अहिले सक्रिय हुनुपर्ने उनको सुझाव छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x