माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । अपराधको दर पनि पछिल्लो समयमा बढेको छ ।
प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले पछिल्लो समय सबै खालका मानसिक तनाव बढेको बताए । ‘हामीकहाँ मात्र होइन, कोरोनाबाट पीडित सबै मुलुकमा अनेक किसिमका मानसिक रोग बढिरहेका छन्, आत्महत्याका कारण पनि यही हो,’ उनले भने, ‘भाइरससँगै अब जीवन कसरी चलाउने भन्ने डर छ । मान्छेले काम गर्न पाएका छैनन्, आर्थिक संकट विकराल बन्दै छ, कति योजना तुहिएका छन्, अरू रोग लाग्दा उपचार गर्न पाइएको छैन, आफन्त भेटघाट ठप्प छ ।’
डा. उपाध्यायका अनुसार मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्छन् । मद्यमान र धूमपान सेवन गर्ने बढ्छन् । घरझगडा धेरै हुन्छ । पहिलेदेखि मानसिक स्वास्थ्यको उपचार गराइरहेकालाई अझ गाह्रो हुने उनले बताए । ‘जब मानसिक छटपटी र चिन्तालाई समयै रोकिन्न, त्यसले आत्महत्या निम्त्याउँछ,’ उनले भने ।
हिँडडुलमा प्रतिबन्ध भएर हुन सक्छ, आत्महत्याको शैली लकडाउनमा बदलिएको छ । विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ ।
प्रहरी प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको बताए । ‘लकडाउनमा भएको आत्महत्याको कारण के हो भन्नेमा यकिन भइसकेको छैन,’ उनले भने, ‘आर्थिक कारणले आत्महत्या गरेको हुन सक्छ तर विस्तृत अनुसन्धान नगरी यकिन भन्न सकिँदैन ।’
विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दशकअगावै अर्थात् सन् २०२० मै संसारले यो नियति झेल्नुपर्ने देखिएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराईका अनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ । तर यसअघिका कुनै पनि महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पार्ने अनुमान उनको छ । यसबाट नेपालजस्तो अविकसित मुलुक नपिरोलिने कुरै भएन । ‘लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नुपर्छ,’ वरिष्ठ मनोचिकित्सक डा. उपाध्यायले भने । नेपालमा भूकम्पपछि मानसिक समस्या अकासिएको थियो । मनोविश्लेषक वासु आचार्य पनि बेलैमा सचेत नभए कोभिड–१९ ले निम्त्याउने मनोवैज्ञानिक असरले दीर्घकालसम्म सताउने चिन्ता व्यक्त गर्छन् ।
अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ । त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् तर नेपालमा राज्यस्तरबाट प्रभावकारी कदम चालिएको छैन । आर्थिक वर्ष २०७७/७८ को बजेटमा भने मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मानसिक स्वास्थ्य संवर्द्धन गर्न स्थानीय र सामुदायिक संघसंस्थाको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गर्ने घोषणा गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...