×

NMB BANK
NIC ASIA

परीक्षणबिनै झुलाघाट नाकाबाट एक हजार भित्रिए

जेठ १८, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिवार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीवारदेखि शुरू गरिएको उद्धारमा शनिवार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए ।

Muktinath Bank

यसअघि शुक्रवार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो । बिहीवार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरूलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ । 


Advertisment
Nabil box
Kumari

किट अभाव : कोरोना परीक्षण हुन सकेन

Vianet communication
Laxmi Bank

बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको छ । क्वारेन्टिनमा चार हजार ६०० भन्दा बढी नागरिक बसे पनि जिल्लामा ८०० मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै पालिकामा पठाएको समेत गनेर अहिले ८०० किट मात्रै मौज्दात रहेको उनले बताए । 

क्वारेन्टिनमा अहिले बसिरहेका नागरिक भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । क्वारेन्टिनमा बसेकाहरूको आरडिटी मात्रै नभएर पिसीआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।

जिल्लामा भारतबाट फर्कने नागरिकको सङ्ख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि आरडिटी किट अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा आरडिटी किट अभाव भएपछि प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको उनले बताए ।

भिटिएम पनि अभाव

भिटिएम अभावमा जिल्ला प्रहरी कार्यालयका प्रहरीको कोरोना परीक्षण हुनसकेको छैन । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि सबै प्रहरीको पिसीआर परीक्षण गर्ने भनिएको थियो तर स्वाब सङ्कलन गर्नका लागि भिटिएम अभाव हुँदा सबै प्रहरीको पिसीआर परीक्षण हुन नसकेको हो । 

कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमितको सम्पर्कमा रहेका ४८ प्रहरीको पिसीआर परीक्षण गरिएको भए पनि थप अरुको हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य २८ जनाको अहिलेसम्म पनि पिसीआर परीक्षण हुन नसकेको उनले बताए । स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको भए पनि भिटिएम अभाव रहेको बताएको उनको भनाइ छ ।
 
यसका साथै सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरीको पनि कोरोना परीक्षण हुनसकेको छैन । उक्त नाकाबाट उद्धारकार्य जारी रहेका बेला उनीहरूको पनि कोरोना परीक्षण गर्न अनिवार्य रहेको पाण्डेयको भनाइ छ । यसअघि परीक्षण गरिएका ४८ प्रहरीसहित ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x