अमेरिकामा हिंस्रक प्रदर्शन जारी

अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले घाँटी थिचेर मारेपछि त्यसको विरोधमा भइरहेका हिंस्रक प्रदर्शन विभिन्न शहरमा फैलिएका छन् । 

निःशस्त्र फ्लोयडलाई भुइँमा पछारेर एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिचेका थिए । उनले सास फेर्न गाह्रो भयो भने पनि थिचिरहँदा पछि उनको मृत्यु भएको थियो । 


Advertisement

मिन्नियपोलिसमा भएको यो घटनाले अन्उ शहरका मानिसलाई पनि आक्रोशित बनाएको छ । 

फ्लोयडलाई मार्ने डेरेक चाउभिनलाई हिरासतमा लिइएको छ र उनको घरबाहिर दंगाप्रहरी खटाइएको छ ।


Advertisement

मिन्नियपोलिसमा विरोध प्रदर्शनहरू दंगामा परिणत भएका छन् । प्रहरी चौकीहरूमा आगजनी गरिएको छ । नेसनल गार्डले लगाएको कर्फ्युलाई बेवास्ता गर्दै दंगाबाजहरूले लुटपाट र तोडफोड मच्चाइरहेका छन् । 

‘मिन्नेसोटा वा मिन्नियपोलिस प्रहरी विभागलाई काला जातिका मानिसको अभियोजन गर्न मात्र चासो छ,’ एक प्रदर्शनकारीले भने । ‘प्रहरी विभागमा लडाकू संस्कृति छ र त्यो संगठनकै बेइज्जती हो । यो बकवास छ ।’

लुटपाट र दंगा बढ्दै गएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको दोष उग्रवामपन्थीहरूलाई दिएका छन् । उनले लुटपाट गर्नेलाई गोली हान्न सकिने समेत बताएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्